आमाको शव लैजादै गर्दा शव वाहनमा सवार ५ दाजुभाइकै मृत्यु

भक्तपुर, १५ मङ्सिर । सुनसरीमा ट्रक र शव बाहन एक आपसमा ठोक्किँदा ६ जनाको ज्यान गएको छ छ । ट्रक र शव बाहन एकापसमा ठोक्किँदा शव वाहनमा सवार सबैको ज्यान गएको हो ।

सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । बाक्लो कुहिरोका कारण सन्तुलन गुमाउदा तिब्र गतिमा रहेका दुवै सवारी साधन एक आपसमा ठोक्किएका प्रहरीको अनुमान छ । प्रहरीलाई शव निकाल्न ३ घण्टा लागेको थियो ।

मृत्यु हुने जना एकाघरका दाजुभाइ रहेका छन् भने अर्का चालक हुन् । अस्पतालमा निधन भएकी आमा शिवमाया राईको शव उदयपुर घर लैजाने क्रममा उक्त दुर्घटना हुन्द शिवामायाका भाइ छोराको घटनास्थल मै ज्यान गएको हो ।

ज्यान जानेमा ५० वर्षीय तुलबहादुर राई, ३५ वर्षीय मुकेश राई, ३४ वर्षीय दुर्गाधन राई, २८ वर्षीय टेकेन्द्र राई, ३२ वर्षीय दिनेश राई र २८ वर्षीय चालक राजेशकुमार दनुवार रहेका सुनसरी प्रहरीको भनाइ छ । मृतक सबै उदयपुरका हुन् ।

आइतवार बिहानै पोखरामा पनि दुखद घटना भएको छ । पोखरा–२० को मौजामा सुख्खा पहिरोमा परि ५ को ज्यान गएको छ ।

सडक निर्माणको काम गर्दैगर्दा सल्यानका ५ मजदूरले आइतबार बिहान ज्यान गुमाएका हुन् । ज्यान गुमाउनेमा जितबहादुर बस्नेत, गणेश ओली, तोभान बस्नेत, जोगेन्द्र बुढाथोकी र खिमलाल ओली छन् ।

Loading...