विद्याले बचाइन् रवीन्द्रको बिरासत

प्रतिनिधि सभा सदस्य पदका लागि भएको उपनिर्वाचनमा कास्की २ मा नेकपाकी विद्या भट्टराई अधिकारीले बाजी मारेकी छन् । आफ्नो प्रतिस्पर्धीलाई भारी मतान्तरले पछि पार्दै उनले जीत हासिल गरेकी हुन् ।

विद्याले २४ हजार ३ सय ९४ मत ल्याउँदा खेमराजले १५ हजार ९ सय ९१ मतमै चित्त बुझाउन बाध्य बने । बिद्या ८ हजार बढी मतको फराकिलो अन्तरको विजयी बनेकी हुन् ।

४५ हजारले मतदान गरेको उक्त क्षेत्रको उपनिर्वाचनमा २१ उम्मेदवार मैदानमा थिए तर गजबको कुरा के भने विद्या र खेमराज बाहेक सबैको जमानत जफत हुन पुग्यो ।

विद्याले आफ्ना पति स्वर्गीय रवीन्द्र अधिकारीको बिरासत बचाएर जीत हासिल गरेपछि उनको निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका खेमराजले पनि उनलाई खादा लगाइदिएर बधाई दिएका छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की २ मा उपनिर्वाचन भएको थियो

Loading...