सागको उद्घाटन सम्पन्न

काठमाडौं, काठमाडौंस्थित दशरथ रंगशालमा १३औँ दक्षिण एसियाली क्षेत्रीय खेलकुद ९साग०को भव्य उद्घाटन गरिएको छ। भव्य समारोहका बीच दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले सागको उद्घाटन गरेकी छन्।

साँझ ५ बजेदेखि सुरु भएको समारोहलाई राष्ट्रपतिले उद्घाटनको घोषणा गरेसँगै आतशबाजी र पटका पड्काएर थप आकर्षक र मनोरञ्जनात्मक तुल्याइएको थियो।

समारोहमा लाखे नृत्य र सागको मस्कट प्रस्तुत गरिएको छ। समारोहमा सात हजार ५०० को संख्या रहेका कलाकारले नेपालका साथै सदस्य मुलुकको मौलिक संस्कृति झल्कने विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका छन्।

समारोहमा कला र सांस्कृतिक कार्यक्रमको माध्यमबाट नेपालको नक्साको आकारसहितको राष्ट्रिय झण्डाको आकृति बनाइनेको थियो। मुलुकका सातै प्रदेश पुर्या‍एर ल्याइएको सागको ज्योति समारोहमा प्रवेश गराइएको थियो।

 
Loading...