अर्को विरामीले च्यापेका प्रम ओलीले भने, ‘प्रचण्डभन्दा म सिनियर हो’

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी ओलीले नेकपामा आफू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डभन्दा ‘सिनियर’ अध्यक्ष भएको दाबी गरेका छन् ।

ओलीले आफू र प्रचण्ड दुवै कार्यकारी अध्यक्ष भएको बताए । नेकपा सचिवालय बैठकले गत साता मात्र प्रचण्डलाई कार्यकारी अध्यक्षको जिम्मेवारी दिएको थियो । ओलीले पार्टी बैठकको अध्यक्षता दुवै अध्यक्षले पालैपालो गर्ने पनि उल्लेख गरे । तर, सचिवालयले पार्टीको नेतृत्व प्रचण्ड र सरकारको नेतृत्व ओलीले गर्ने निर्णय गरेको थियो । ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो ।

यथार्थमा प्रथम म र द्वितीय प्रचण्ड हुनुहुन्छ’, कान्तिपुर टेलिभिजनको कार्यक्रम ‘फायर साइड’ लाई शनिबार दिएको अन्तर्वार्तामा ओलीले । प्रधानमन्त्री ओलीले ‘विगतमा दुई अध्यक्ष भए पनि पार्टी बैठमा आफ”ले मात्र अध्यक्षता गर्ने गरेको सुनाए । पाँच वर्षमध्ये सरकारको नेतृत्व आधाआधा कार्यकाल गर्ने सहमति दुई जनाबीच भए पनि राजनीतिक अस्थिरता हुने देखेपछि सहमतिमै प्रचण्डलाई पनि कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको उनको भनाइ छ ।

‘म सिनियर अध्यक्ष हुँ । उहाँ अर्को अध्यक्ष हो’, ओलीले भने, ‘म पनि सरकारको काम प्रचण्डजीसँग सल्लाहमै गर्छु । सिनियर अध्यक्ष भएकाले उहाँले पार्टीको काममा मसँग सल्लाह गरेर गर्नुहुन्छ ।’ ओलीले बैठकको अध्यक्षता नगर्दैमा आफू कार्यकारी अध्यक्ष होइन बन्ने बुझ्नु गलत भएको टिप्पणी गरे । यद्यपि ओलीले अरुले देख्दा प्रचण्ड अप्ठ्यारो मान्छे लागे पनि आफ्ना लागि सजिलो भएको उल्लेख गरे ।

Loading...