प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो अर्को समस्या, आकस्मिक शल्यक्रिया गरिदै

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो।

स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा।अरुण सायमीले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री ओलीलाई शल्यक्रियाका लागि अपरेशन थिएटरमा लगिएको छ। यसअघि पनि प्रधानमन्त्री ओली फलोअपका लागि महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा जाने गरेका थिए ।

मिर्गौमा समस्या देखिएपछि २ दिनअघि मात्र उनको चौथो पटक डायलासिस गरिएको थियो।

Loading...