अकुपाई टुंडिखेल अभियान झगडा राजनीति – मेयर विद्यासुन्दर शाक्य

काठमाडौं, १० मंसिर ।   काठमाडौंको टुंडिखेल खुल्ला गर्नु र गराउनु पर्दछ भन्ने एक थरि अभियानता प्रत्यक शनिबार अकुपाई टुडिखेल अभियान चलाउदै आएका छन् । तर काठमाडौँ महानगर पालिका मेयर विद्यासुन्दर शाक्यले टुंडिखेल खुल्ला राखिनु पर्ने पक्षमा नै रहेको बताएको छ ।
मेयर शाक्यले टुडिखेलको बिषय जोडेर अनावश्यक बखेडा र आफु बिरुद्द राजनीती गरेको गरेको आरोप लगाएका छन् । उहाले टुंडिखेल अकुपाईका अभियन्ता मध्येका पूर्वरक्षा मन्त्री भीमेसनदास प्रधानको दोहोरो चरित्रवाट मेयर शाक्य दंग परेका समेत बताएका छन्।
मेयर शाक्यले भने  भीमसेनदास प्रधान रक्षा मन्त्री हुंदा नेपाली कांग्रेसकै सरकारको पालामा पुरानो बस पार्क सारेर टुंडिखेलको खुल्ला मञ्चमा मिचेर अस्थायी बसपार्क निर्माण गरि पुरानो बसपार्कमा भ्यू–टावर निर्माण गर्ने नाममा तत्कालिन उपप्रधानमन्त्री तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहवाट उक्त भ्यू–टावर उदघाटन भएर बसपार्क टुंडिखेल खुल्ला मञ्चनेर सारिएको यथार्थता हुंदा–हुंदै अस्थायी बसपार्कका बारेमा काठमाडौं महानगरपालिकाका मेयरलाई अनावश्यक लाञ्छना लाउने र विभिन्न बहानामा असफल बनाउने प्रयास भएको बताउदै मेयर शाक्यले त्यही टुंडिखेलमा नेपाली सेनाको हेडक्वाटर बनाउन दिने र नेपाली सेनाले टुंडिखेललाई कब्जा गर्दा चुंक्कै नबोल्ने उनै पूर्वरक्षा मन्त्री प्रधानको नेतृत्वमा टुंडिखेल अकुपाईको अभियानलाइ महानगर बासी राम्ररी बुझेको बताए ।
नेवाः पत्रकार राष्ट्रिय दबूका नव–निर्वाचित पदाधिकारीहरुलाई सोमबार बधाई तथा शुभकामना दिने कार्यक्रममा बोल्दै मेयर शाक्यले खुल्ला टुंडिखेलका नाममा राजनीतिकरण भैरहेको बताए। सत्तामा रहंदा टुंडिखेल र काठमाडौंका लागि सिन्को नभाँच्ने पूर्वरक्षा मन्त्री प्रधानले टुंडिखेल अकुपाईको नाममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी श्रेष्ठलाई समेत लिएर राजनीति गरेको जिकिर गरेका छन्। जसवाट काठमाडौं महानगरपालिकामा मेयर र उपमेयरको अनावश्यक रुपमा झगडा गराउने कार्य भैरहेको तर्क पनि मेयर शाक्यको रहेको छ।
स्थान अभावका कारण हाल टुंडिखेलको खुल्ला मञ्च र सैनिक मञ्चमा निर्माणाधिन धरहरा ,बीर अस्पताल र दरबार हाईस्कुलको निर्माण सामाग्री थुप्रार्नु पर्ने बाध्यता रहेको छ। निर्मामनाधीन सबै संरचना निर्माण संपन्न भएपछि स्वत केही दिनमा नै ती निर्माण सामाग्री सो स्थानबात हट्ने , स्वत पुरानै स्वरुपमा आउने जानकारी पनि मेयर शाक्यले दिएका छन्। 

Loading...