अमेरिकाले हवाई आमक्रण गर्दा ८४ सर्वसाधारण मारिए

एजेन्सी । इस्लामिक स्टेट्सको बलियो प्रभाव रहेको सिरियाको राका शहरनजिकै भएको अमेरिका आवद्ध हवाई आक्रमणमा कम्तीमा ८४ सर्वसाधारण मारिएका छन्. ।

मारिएका यी ८४ व्यक्तिमा दर्जनाँैको संख्यामा बालबालिका रहेका ‘ह्युम्यान राइट्स वाच’ (एचआरडब्लू) ले जानकारी दिएको छ ।

यस आक्रमणमा परी आईएस लडाकू पनि मारिएका छन् । तर ठूलो संख्यामा सर्वसाधारणको मृत्यु भएको एचआरडब्लूले जानकारी दिएको छ ।

यस आक्रमणमा परी विद्यालयमा शरणार्थीकै रूपमा रहेका दर्जनौँ सर्वसाधारण मारिएका छन् । अमेरिका आवद्ध संयुक्त सेनाले यस इलाकामा सर्वसाधारण नागरिक भएको थाहा नभएको जानकारी दिएका छन् ।

एचआरडब्लूका अनुसार गत मार्च २० मा भएको मानसोउराहस्थित एक विद्यालयमा भएको हवाई आक्रमणमा १६ बालबालिकासहित ४० व्यक्तिको मृत्यु भएको थियो ।

त्यसैगरी तब्का बजार नजिकै मार्च २२ मा भएको अर्को एक आक्रमणमा १४ बालबालिकासहित ४४ व्यक्तिको मृत्यु भएको थियो ।

अमेरिका आवद्ध संयुक्त सेनाले सन् २०१४ को सेप्टेम्बरबाट सिरियामा हवाई आक्रमण शुरु गरेको छ ।

सिरिया र इराकमा सन् २०१४ देखि गत अगस्तसम्म अमेरिका आवद्ध संयुक्त सेनाले गरेको आतंककारी लक्षित हवाई आक्रमणमा परी कम्तीमा ६२४ जना सर्वसाधारण मारिएका छन् ।

सिरियामा सन् २०११ को मार्च महिनाबाट सरकारको विरोध गर्दै शुरु जनआन्दोलन थालिएको थियो ।

त्यस जनआन्दोलनले पछि गृहयुद्धको रूप लिएको हो । हाल सम्म यहाँ ३ लाख ३० हजार व्यक्तिको मृत्यु भइसकेको छ । यस गृहयुद्ध अलकायदा र इस्लामिक स्टेट्स जस्ता आतंककारी समूहहरू हाबी हँुदै आएका छन् ।

अफगानिस्तानमा ४६ जनाको मृत्यु

अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी कम्तीमा ४६ जना लडाकूको मृत्यु भएको छ ।

घटनामा परी अन्य १८ जना घाइते भएको रक्षा मन्त्रालयले सोमबारी जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत २४ घण्टाको अवधिमा सरकारी सुरक्षाकर्मीहरूले देशभरका विभिन्न ठाँउमा सुरक्षा कारबाही चलाएका थिए ।

मन्त्रालयको वक्तव्य अनुसार सुरक्षाकर्मीहरूले लडाकूहरूको १८ वटा आश्रयस्थल र बंकर नष्ट गरिदिएका छन् ।

अफगानी सेनाले प्रहरी र गुप्तचर निकायसँग मिलेर विगत छ महिनादेखि देशभरी कडा सुरक्षा कारबाही चलाएको छ ।

सुरक्षा कारबाहीका लागि झण्डै छ हजार सैनिक परिचालन गरिएको रक्षा मन्त्रालयले जनाएको छ ।

Loading...