काठमाडौंदेखि मोटरसाइकलमा डोल्पाको यात्रा सफल

काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धन र भ्रमण वर्ष २०२० लाई सफल बनाउन मनघरी फाउन्डेसन र नासा बुलेट क्लबको संयुक्त आयोजनामा काठमाडौंको पशुपतिदेखि शे–फोक्सुण्डोसम्म मोटर साईकल यात्रा नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो पुगेको छ ।

मोटरसाईकल दुनैमा राखेर टोली फोकसुण्डोतर्फ गएको थियो । काठमाण्डौदेखि पहिलो पटक काठमाडौं पशुपतिदेखि शे–फोक्सुण्डोतालसम्म बुलेट मोटरसाइकल यात्रा भएको हो । कर्णाली प्रदेशको जाजरकोट,रुकुम पश्चिम, सल्यान र डोल्पा जिल्लाको पर्यटकीय सम्भावना भएर पनि पर्यटन प्रवद्धन हुन नसको भन्दै पर्यटन प्रर्वद्धन गर्ने हेतुले मोटरसाईकल यात्रा गरेको आयोजक मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले बताए । उनले भने जबसम्म केन्द्रीय राजधानीदेखि कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुलामा जोडन सकिदैन, तबसम्म कर्णालीको पर्यटन प्रर्वद्धन नहुने बताए ।

टोलीले चार दिन लगाएर दुनै पुगेको थियो । पहिलो दिन काठमाण्डौदेखि दाड, दोस्रो दिन जाजरकोट तेस्रो दिन डोल्पाका त्रिपुरकोट र चौथो दिन दुनै बजार पुगेको थियो ।

जाजरकोटदेखि डोल्पाको दुनैसम्मको सडक अफरोड रहेको छ । बाटोमा पुलहरु नहुदा केही असहज भएको नास बुलेट कल्बका अध्यक्ष प्रकाश लिम्बुले बताए । भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको डोल्पा जिल्लामा रहेको नेपालकै गहिरो ताल शे–फोक्सन्डो, विश्वकै उच्च मानव बस्ती धो–ताक्सी, २०५२ सालमा नेपालको हो भनेर पत्ता लागेको छार्का भोटको कु–गाउँ, नेपालकै एक मात्र शहरतारामा बोलिने काईके भाषा लगाएतका अनगन्ती प्रकृति सौन्दर्य भएर पनी उचित प्रचार प्रसार हुन सकेको छैन ।

यस मोटरसाइकृल यात्राले केही भए पनि प्रचार प्रसारमा सहयोग पुग्ने नेपाल बुद्धिजीवी परिषदका डोल्पाका अध्यक्ष आड बहादुर लामा बताउँछन् ।

 

Loading...