भक्तपुरमा यसरी गरियो सांस्कृतिक गुरुहरुलाई नगदसहित सम्मान

भक्तपुर, १४ कात्तिक । भक्तपुर नगरपालिकाले यहाँका सांस्कृतिक गुरुहरूलाई नगदसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका वडा नं. १ देखि १० सम्मका २० जना देवी प्याखं, बाँसुरी बाजा, हार्मोनियम, पछिमा र तवला, धिमेबाजा, प्वङा बाँसुरी, लाला खिँ, पछिमाय र भजन पछिमा, दाफा भजनलगातका विविध विधाका सांस्कृतिक गुरुहरूलाई नगदसहित सम्मान गरेका हुन ।

जनही रु १५ हजारका दरले नगदसहित सम्मानित हुनेहरुमा भक्तपुर नगरपालिका–१ का कृष्णलाल दुवाल, विकुबहादुर सुवाल, वडा नं २ का रामचन्द्र खर्बुजा र कृष्णभक्त कोजु, वडा नं ३ का सुनकुमार त्वायना र रत्नभक्त चौगुठी, वडा नं ४ का रामप्रसाद किजु र सूर्यभक्त सुवाल, वडा नं ५ का तुल्सीलाल दनेखु र शेरबहादुर न्हिसुतु, वडा नं ६ का हरिभक्त सुवाल र विष्णुभक्त अवाल, वडा नं ७ का रुद्रबहादुर कवाँ र कृष्णभक्त दुवाल, वडा नं ८ का न्हुछेकुमार भैनात्व र विकुराम बोहजु, वडा नं ९ का कृष्णभक्त चुल्हाद्यो र आसकाजी खोजु, वडा नं १० का ज्ञानभक्त मगजु र जुजु बज्राचार्य रहेका छन् ।

Loading...