उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की

काठमाडाैं, ४ असाेज । संयुक्त राष्ट्र संघकाे महासभामा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियाविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले उत्तरकाेरियालार्इ अब ध्वस्त पार्नुकाे विकल्प नरहेकाे दावी पनि गरेका छन् ।

राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनलार्इ ‘रकेट म्यान’काे संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘रकेट म्यान किम जोङ उन आफू र आफ्नो देशका लागि आत्महत्याको अभियानमा लागेका छन् ।’ साथै उनले उत्तरकाेरियालार्इ अब पूर्णतया ध्वस्त पार्नुपर्ने बताएका छन् ।

उत्तर कोरियाका कारण पूरै विश्व खतरामा परेको बताउँदै ट्रम्पले भने, ‘यदि अमेरिकाले आफू र आफ्नो गठबन्धनको प्रतिरक्षा गर्नुपर्ने अवस्था हामीसँग उत्तर कोरियालाई पूरै ध्वस्त पार्नुको विकल्प रहेनछैन ।

ट्रम्पले अाफ्नाे ४१ मिनेट लामाे भाषणका क्रममा इरान विरुद्ध पनि कडा अभिव्यक्ति दिए । उनले अर्काे शत्रु इरान भएकाे बताए । इरानलार्इ ‘दुष्ट राष्ट्र’ को संज्ञा दिँदै उनले त्यसका विरुद्ध पनि अब लाग्नुपर्ने बताए । भाषणका क्रममा ट्रम्पले इरानलार्इ ‘भ्रष्ट तानाशाही’ को पनि संज्ञा दिए । इरानसँगको आणविक सम्झौता एकपक्षीय भएको आरोप लगाए।

त्यसपछि ट्रम्प अर्काे राष्ट्र भेनेजुयला विरुद्ध खनिए । भेनेजुएलाको वामपन्थी सरकारको भर्त्सना गर्दै ट्रम्पले त्यहाँको अवस्था अस्वीकार्य भएको बताए ।

अाफ्नाे भाषणका क्रममा ट्रम्प समाजवादी विचारधारा नै विश्वका लागि खतरा रहेकाे तर्क गरे । उनले समाजवादी विचारधाराको कडा आलोचना पनि गरे । समाजवादी विचारधाराले संसारमा ‘पीडा, विनाश र असफलता मात्रै ल्याएको’ दावी गर्दै ट्रम्पले भेनेजुयलामा समाजवादी सत्ताले एक सुन्दर राष्ट्रलाई ध्वस्त पारेको आरोप समेत लगाए

ट्रम्पले विश्वको एक हिस्सा नर्कमा पुग्ने बताए। ‘संसारको ठूलो हिस्सा द्वन्द्वमा छ,’ उनले भने, ‘वास्तवमा केही हिस्सा नर्कमै गइरहेको छ।’

ट्रम्पले आफूले जहिल्यै अमेरिकालाई पहिलो स्थानमा राख्ने दोहोर्‍याए। सो क्रममा उनले आतंकवाद, आप्रवासन, अमेरिकी मध्यमवर्ग, शरणार्थी समस्या, आदिबारे बोलेको थिए।

 

Loading...