जब मेसी चम्केर चार गाेल गरे

काठमाडाैं । लिओनल मेसीले अाफ्नाे अदभूत जादु देखाएपछि बार्साले लालिगामा महत्वपूर्ण जित निकालेकाे छ । मंगलबार भएकाे बार्सिलाेना र एेवारबीचकाे खेलमा मेसीले ४ गाेल गरेका छन् । उनकाे ४ गाेलसँगै बार्सिलाेनाले एेबारमाथि ६-१ को सहज जित दर्ता गरेको छ ।

खेलको २०औं मिनेटमा पेनाल्टीमार्फत पहिलो गोल गरेका मेसीले दोस्रो हाफमा ३ गोल थपेका थिए । बार्सिलोनाको लागि अन्य दुई गोल पाउलिन्हो र डेनिस सुआरेजको नाममा रहयो । लुइस स्वारेज र ओस्मान डेम्बेलेको अनुपस्थितिमा टोलीलाई कुनै कठिनाइ भएन । मेसीले दोस्रो हाफको ५९ औं, ६२ औं र ८७औं मिनेटमा गोल गरेका थिए ।

यसैगरी लिग अन्तर्गत अर्को खेलमा भ्यालेन्सियाले मालागालाई ५-० ले हरायो । उसको जितमा सिमोने जाजाको दोस्रो हाफको ह्याट्रिक महत्त्वपूर्ण रहयो । घरेलु टोलीलाई सान्ती मिनाले १७ औं मिनेटमा सुरुआती अग्रता दिलाएका थिए । रोड्रीगोले ८६ औं मिनेटमा जित पक्का गरेका थिए ।

Loading...