रौतहटको बृन्दावनमा ठूलो झडप । झडपमा परी एकजनाको अवस्था गम्भीर

रौतहट, ३ असोज । रौतहटको बृन्दावन नगरपालिकाको मतगणना स्थलमा ठूलो झडप भएको छ । झडपमा परी एक जना गम्भीर घाइते भएका छन् ।

झडपका कारण अहिले सो क्षेत्रको स्थिति निकै तनावग्रस्त भएको छ । झडप भएपछि मतगणनाको काम स्थगित भएको छ । स्रोतका अनुसार नेकपा एमालेका सांसद रामकुमार भट्टराई मतगणना स्थलमा पुगेपछि झडप भएकएको हो । भट्टराई मतगणना स्थलमा पुगेपछि अन्य दलले उनीमाथि धाँधली गर्न खोजेको भनेर विरोध गरेका थिए । तर, भट्टराईले त्यो आरोपलाई प्रतिवाद गर्दै आफू धाँधली गर्न नआएको बताएका थिए । त्यसपछि आरोप प्रत्यारोप लगाउँदै गर्दा धाँधली भएको थियो ।

 

Loading...