अष्ट्रेलियाबाट छाप्रोमा गुजारा चलाइरहेका लिम्बुको परिवारलाई सहयोग

तेह्रथुम, ३० भदौ । कमजोर आर्थिक अवस्थाका कारण छाप्रोमा जीवन गुजारा गर्दै आएका तेह्रथुमको छथर गाउँपालिका–२ हमरजुङका गंगाबहादुर लिम्बूको परिवारलाई अष्टे«लियाबाट सहयोग भएको छ ।

लिम्बूको बारेमा विभिन्न सञ्चार माध्यमबाट समाचार प्रशारण भएपछि अष्ट्रेलियास्थित किराँत याक्थुङ चुम्लुङ नामक संस्थाले राहत संकलन अभियन चलाएको थियो ।

कलाकार यासेली योङहाङको सक्रियतामा सो संस्थाले चलाएको अभियानमा संकलित ५० हजार २३० बिहीबार जिल्ला सदरमुकाम म्याङलुङमा कलाकार योङहाङले लिम्बूका छिमेकी अर्चना खड्का र सीता तुम्खेवालाई पीडितसम्म पु¥याउन प्रदान गरिएको थियो ।

लिम्बूको घर २०७२ सालको भूकम्पले क्षति गरेपछि पुनःनिर्माण गर्न नसक्दा उनले खुल्ला आकाशमा रात कटाउँदै आएका थिए ।

Loading...