बचत खाता खाेल्दा पाँच लाखकाे दुर्घटना विमा र ८ प्रतिशत ब्याज

काठमाडौं, २९ भदाै । सिभिल बैंकले नयाँ बचत खाताकाे स्किम ल्याएकाे छ । सिभिलमा बचत खाता खाेल्दा अब पाँच लाखकाे जीवन विमा र अाठ प्रतिशत ब्याज दिने भएकाे छ ।

सिभिल बैंकले ‘नेपाली बचत खाता’ नामकाे बचत खाता स्किममा याे याेजना ल्याएकाे हाे । उक्त खाता खाेल्दा ग्राहकले ५ लाख रुपैयाँको दूर्घटना बीमाकाे सुविधा पाउनेछन् । साथै उक्त खातामा ग्राहलार्इ बैंकले साढे आठ प्रतिशत ब्याज दर उपलब्ध गराउने जनाएकाे छ।

बचता खाता खोल्नलाई बैंकले निशुल्क रुपमा इन्टरनेट बैंकिङ उपलब्ध गराउने छ। साथै एटिएम कार्ड, एसएमएस बैंकिङ सेवासमेत उपलब्ध गराउने बैंकले जारि गरेको विज्ञप्तिमा उल्लेख छ।

बचत खाता खोल्नेलाई दूर्घटनामा परि मृत्यु भएमा परिवारलाई वा अपाङ्गता भएमा ५ लाख रुपैयाँ उपलब्ध गराउने छ।

Loading...