आजको चर्चित गीतः तिमीहरू चुप लागेर बस

महादीप पोखरेल

हामी सकेसम्म देश लुट्छौ
तिमीहरू चुप लागेर बस
हामी अरबौ अर्ब भ्रष्टाचार गर्छौं
तिमीहरु सहेर बस
हामी देशमा उत्पात मच्चाउछौं
तिमीहरू रमिता हेरेर बस

हामी आलोचकलाई निषेध गर्छौं
तिमीहरु बिबेक थुनेर बस
हामीहरू तिमीहरूलाई थुन्छौ, पिट्छौं, मार्छौं
तिमीहरू आँखा छोपेर बस

यो हाम्रो बेला हो
तिमीहरुले चुप लागेर हेर्ने हो
हामीहरुले हो तिमीहरुको भाग्य कोर्ने
यो हाम्रो समय हो
हाम्रो पजनीमा तिम्रो बोली अनि इच्छाको कुनै गुन्जायस छैन
त्यसैले हामी जे गर्छौ तिमीहरु चुप लागेर हेर
तिमीहरु चुप लागेर बस

हामी सत्तामा बसेर जस्तोसुकै गाली गर्छौं
तिमीहरु कान थुनेर बस
हामी जे जे मन लाग्यो गर्छौं
तिमीहरू चुप लागेर बस

Loading...