यसरी गर्ने प्रवेशपत्र प्रिन्ट, फोटो टाँसेर सिधै परीक्षामा सहभागी हुन पाइने


काठमाडौं । शिक्षक लाइसेन्स परीक्षाका परीक्षार्थीहरुले प्रवेश पत्र आफै प्रिन्ट गर्न पाउने भएका छन् ।

शिक्षक सेवा आयोगले शुक्रवार एउटा सूचना जारी गर्दै प्रवेश पत्र आफै प्रिन्ट गर्न मिल्ने र त्यसमा परीक्षार्थी आफैले फोटो टाँस्न मिल्ने जनाएको हो । यसअघि आयोगले अनलाइनबाट प्रवेश पत्र हेर्न मिल्ने बनाएर गल्ति भए सच्याउनका लागि अवसर दिएको थियो ।

अव असोजमा शिक्षक लाइसेन्सको परीक्षाको तयारी गरिरहेका परीक्षार्थीहरुले आफूबसेकै स्थानबाट प्रवेशपत्र प्रिन्ट गरी फोटो टासेर परीक्षामा सहभागी हुन पाउने छन् । आयोगले यस अघि नै परीक्षा केन्द्रहरु सार्वजनिक गरिसकेको छ ।

यस सम्बन्धमा आयोगले जारी गरेको सूचना हेर्नुहोस्

प्रवेश–पत्र प्रिन्ट गर्ने र त्यसमा फोटो टाँस गर्ने बारेको सूचना यस आयोगको अध्यापन अनुमतिपत्रको परीक्षामा आवेदन भरेका उमेदवारहरुले प्रवेशपत्र लिने सम्बन्धमा निम्नानुसारको सूचना प्रकाशित गरिएको छ । योग्य उम्मेदवारहरुले सो अनुसार प्रवेश–पत्र प्राप्त गरी परीक्षामा सहभागी हुनु हुनेछ ।

१. आयोगको वेवसाइट (www.tsc.gov.np ) को दायाँ पट्टि हरियो रंगमा रहेको Online Application मा गई ’प्रवेश–पत्र’ लेखिएको बटनमा क्लिक गरेरखाली कोठामा आफ्नो  भौचरमा रहेको एप्लिकेशन आइ.डी.र मोबाइल नं. Entry गरी Preview गर्ने । यो प्रवेश–पत्र तपाईले भरेको विवरणका आधारमा तयार भएको पाउनु हुनेछ।

२. प्रवेश–पत्रको विवरण ठिक देखिएमा माथिको विवरण ठीक छ भन्ने बटनमा √ गरेपछि मात्र प्रवेश–पत्र Print गर्न सकिनेछ । प्रवेश–पत्र प्रिन्ट भएपछि विवरण सच्याउन सकिने छैन ।

 ३. आफ्नो प्रवेश–पत्रको छपाई सफा र प्रष्ट बुझिने सुनिश्चित गर्नु हुनेछ । प्रवेश–पत्र नबुझिने वा अष्पष्ट भएमा परीक्षामा सहभागी हुन कठिनाई पर्न सक्ने तर्फ सचेत रहनु होला ।

 ४. विवरण ठिक छ भन्ने यकिन भएपछि प्रवेश–पत्रलाई Portrait ढाँचाको A4 पेपर साइजमा Print गर्नु हुनेछ ।

 ५. प्रवेश–पत्रको निर्दिष्ट स्थानमा अनलाइन फाराम भर्दा Upload गरिएको अटो साइजको सक्कल फोटो नै टाँस गरेर निर्दिष्ट स्थानमा परीक्षार्थीले अनिवार्य रुपमा दस्तखत गर्नु पर्नेछ।

 ६. गेल नम्बर नभएको प्रवेश–पत्रबाट परीक्षा दिनपाइने छैन ।

७. आयोगद्वारा पूर्व प्रकाशित विज्ञापनको योग्यता रशर्त विपरित परीक्षा दिएको पाइएमा सो परीक्षा जुनसुकै बखत रद्द हुन सक्नेछ ।

Loading...