अन्तरिक्षमा पहुँचसम्बन्धी कार्यशालामा नेपाल सहभागी

काठमाडाैं, १८ भदाै । युरोपेली राष्ट्र अस्ट्रियाको पर्यटकीय शहर ग्राजमा ‘२१ औँ शताब्दीको सर्वाङ्गीण विकासका लागि अन्तरिक्षमा पहुँच’ विषयक पाँचदिने कार्यशाला शुरु भएको छ।

आइतबारदेखि शुरु भएको कार्यक्रम आगामि भदौ २२ गतेसम्म चल्नेछ। कार्यक्रममा अन्तरिक्षका विषयमा भएका पछिल्लो गतिविधिका विषयमा समेत जानकारी गराइने छ।

संयुक्त राष्ट्रसंघीय अन्तरिक्ष मामिला कार्यालय र अस्ट्रियन सरकारको संयुक्त आयोजनामा कार्यशाला आयोजना गरिएको हो। पाँचदिने कार्यशालामा नेपालले पनि भाग लिएको छ। कार्यक्रममा नेपालमा १० वर्षदेखि अन्तरिक्ष विज्ञानको क्षेत्रमा काम गर्दै आएको संस्था नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) ले भाग लिएको हो।

कार्यक्रममा संस्थाका अध्यक्ष सुरेश भट्टराईले ‘नेपालमा अन्तरिक्ष विज्ञानसम्बन्धी जनचेतना तथा क्षमता विकास कार्यक्रम’ विषयको कार्यपत्र प्रस्तुत गर्दै छन्। भट्टराईले हाल नेपालमा अन्तरिक्षप्रति बढ्दै गएको चासो र सरकारी तथा गैरसरकारी गतिविधिलाई कार्यपत्रमार्फत् विश्व समुदाय माझ पु¥याइने जानकारी दिए।

भट्टराईलाई त्रिभुवन विश्वविद्यालय व्यावहारिक विज्ञान तथा अनुसन्धान केन्द्रले सिफारिस गरी पठाएको हो। कार्यशालामा २५ देशका अन्तरिक्षसम्बन्धी संस्थाका प्रतिनिधिको सहभागिता रहेको जनाइएको छ।

Loading...