इन्द्रजात्रा शुभारम्भको प्रतिक ठडियो इन्द्रध्वजा

   

काठमाडौ, १८ भदाै । आज भाद्र शुक्ल द्वादसी । बिहान ८:१५ बजेको शुभ-साइत पारेर हनुमान ढोका अगाडि (य:सीं) इन्द्रध्वजा ठड्याइएकाे छ । इन्द्रकाे लिंगो ठड्याएसँगै आजबाट सांस्कृतिक पर्व इन्द्रजात्राको विधिवत सुरुवात भएको छ ।

काठमाडौँको भित्रि एेतिहासिक सहर वसन्तपुरकाे माथिल्लो टोल र तल्लो टोलमा कुमारी, गणेश, भैरवको रथयात्रा गरिन्छ । साथै विभिन्न देवगणहरु नाच लगाउँदै पुजा गरेर याे जात्रा मनाउने गरिन्छ । आठ दिनसम्म मनाइने इन्द्रजात्राभर सवभक्कुनाच (आकाश भैरव), महाकाली नाच, लाखेनाच र पुलुकिसी नाचहरु विशेष रुपमा नचाउने गरिन्छ ।

काठमाडाैंमा यसरी मनाइयाे इन्द्रजात्रा 

Loading...