नागरिक प्रहरीसँगै सहकार्य गर्दै राष्ट्रिय पर्व इन्द्रजात्राको तयारी

काठमाडौँ, १५ भदाै । एेतिहासिक राष्ट्रिय पर्व इन्द्रजात्राकाे व्यापक तयारी भइरहेकाे छ । सांस्कृतिक पर्वका रुपमा रहेकाे याे जात्रालार्इ सफल बनाउन प्रहरी र स्थानीयवासीले संयुक्त रुपमा तयारी अगाडि बढाएका छन् । आइतबारबाट प्रारम्भ हुने इन्द्रजात्राको तयारीमा स्थानीय गुठी, जात्रा ब्यबस्थापन समिति, सरोकारवालासँगै स्थानीय प्रहरी प्रशासन सँगसँगै जुटेका हुन् । 

परम्परागत जात्राका रुपमा रहेकाे इन्द्रजात्रा जति रमाइलो छ, त्यति नै यसमा ब्यबस्थापन र सुरक्षा चुनौती पनि रहेको छ । प्रत्येक बर्ष हुने यो जात्रमा विभिन्न गुठी, सामाजिक संघ सस्था, सेना र प्रहरीले आ-आफ्नै तयारी पनि सँगै गर्ने गर्दछन ।

यसैबीच काठमाडौँ महानगरीय प्रहरीवृत्त जनसेवाले बुधबार शान्ति सुरक्षा, राष्ट्रिय पर्व इन्द्रजात्रा बिशेष नागरिक तथा भिन्न संघ सस्थासँग परिचयात्मक कार्यक्रम गरेको छ । कार्यक्रममा हनुमानढोका संरक्षण कार्यक्रमका प्रमुख उदय पस: खल:, जनसेवा समुदायिक प्रहरीका कोषाध्क्ष पवित्र बज्राचार्य लगायत जात्रा ब्यबस्थापन समितिका पदाधिकारी र अन्य सामाजिक संघ सस्था, सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

साे कार्यक्रममा सांस्कृतिक राष्ट्रिय पर्वलाई सभ्य, शान्त र हर्साेल्हासका साथ सम्पन्न गर्न प्रहरी र नागरिकको सहकार्यले मात्र सम्भव हुनेमा जाेड दिइएकाे थियाे । महानगरीय प्रहरीवृत्त जनसेवाका प्रमुख मोहनकुमार थापाले नागरिककाे सुरक्षा प्रहरीकाे विशेष प्राथमिकतामा पर्ने बताउँदै यसमा सबैकाे सहकार्य जरुरी रहेकाे बताए ।

काठमाडौँको हनुमानधोका क्षेत्र माथिल्लो टोल, तल्लो टोल लगायतमा ‘यँलागाः चौथी’ अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न देवी देवतासँग सम्बन्धित नाच, गान र रथयात्रा (विशेषतः कुमारी, भैरव र गणेश) गरेर याे जात्रा सम्पन्न गर्ने परम्परा रहिआएको छ ।

Loading...