अस्पतालमा ४८ घन्टामा ३६ बच्चाकाे मृत्यु

मान्छे विरामी पर्दा तत्काल अस्पताल लाने गरिन्छ । अापत्त विपतमा नजिक अस्पताल छ छैन भन्ने कुरा बढी हेरिन्छ । तर, अस्पताल पनि अब सुरक्षित छैनन् ।

भारतकाे एक अस्पतालमा ४८ घन्टाकाबीचमा ३६ जना बालबालिकाकाे मृत्यु भएकाे छ । भारत उत्तरप्रदेशकाे गाेरखपुरमा रहेकाे बाबा राघवदास मेडिकल कलेजमा यसरी बच्चाहरु भकाभक मृत्यु भएका हुन् । बीअारडी मेडिकल कलेज गाेरखपुरमा पछिल्लाे ४८ घन्टामा ३६ जना बच्चकाे मृत्यु भएपछि त्यस क्षेत्रमा ठूलाे अातङ्क फैलिएकाे छ । त्यस अस्पतालमा रहेका विरामीहरु अहिले हतारहतारमा बाहिर निस्किरहेका छन् ।

यति ठूलाे संख्यामा बच्चाकाे मृत्यु हुनुकाे कारण पत्ता लागेकाे छैन । मृत्यु भएका मध्ये ११ बच्चा जापानिज इन्सेफ्लाइटिसबाट सङ्क्रमित भएका थिए । अन्य बच्चा भने अरु विरामीका कारण अस्पताल लगिएका थिए । यसरी ठूलाे सङ्ख्यामा बच्चाकाे मृत्यु भएपछि अस्पताल प्रशासनले भने केही बाेल्न मानेकाे छैन ।

Loading...