घुस खुवाएको आरोपमा सामसुङका मालिकका छोरालाई ५ वर्षको जेल सजाय

चर्चित प्रविधि कम्पनी सामसुङका उपाध्यक्ष ली जे यङलले ५ वर्षको जेल सजाय पाएका छन् । दक्षित कोरियाको एक अदालतले शुक्रबार घुस लिएको एक घटनाका बारेमा अनुसन्धान गरेपछि उनलाई यो जेल सजाय सुनाइएको हो ।

दक्षिण कोरियाकी पूर्व राष्ट्रपति पार्क ग्वेन हेका निकट सहयोगीलाई सरकारी पक्षबाट सपोर्ट जुटाउन लागेको र सो क्रममा उनले सरकारी अधिकारीलाई घुस दिन खोजेपछि उनलाई गिरफ्तार गरिएको थियो । ४९ वर्षका ली पूर्व राष्ट्रपति पार्कका नजिक मानिन्थे ।

को हुन ली ?

सामसुङका उपाध्यक्ष रहेका ली सामसुङका अध्यक्ष तथा मालिक ली कुन का छोरा हुन् । उनलाई सामसुङका उत्तराधिकारी मानिएको थियो । उनीमाथि सम्पती लुकाएको र पूर्व राष्ट्रपतिका निकट रहेका चोई सून सिलालाई घुस दिएको आरोप लागेको थियो । त्यसबारे छानविन चलिरहेको थियो ।

Loading...