बलात्कारी धर्मगुरु रहिमबाट ४८ महिला पीडित केहीको हत्या भएको खुलासा

नयाँ दिल्ली, १२ भदौ । भारतका विवादास्पद धर्मगुरु गुरमित राम रहिमलाई अन्ततः जेल सजाय तोकिएको छ । जेल सजाय दिइएसँगै उनका नयाँ नयाँ पोल खुल्न थालेका छन् ।

आफ्नै एक भक्तमाथि बलात्कार गरेको आरोपमा विवादमा पक्राउ परेका उनीबाट अहिलेसम्म ४८ जना महिलाहरु यौनहिंसाबाट पीडित बनेको तथ्य खुलेको छ । साथै उनले केही महिलाहरुको हत्या समेत गरेको खुलासा भएको छ ।

डेरा सच्चा सौदा समूहका आध्यात्मिक नेता रहेका गुरमित राम रहीम सिंहलाई भारतको एक अदालतले सोमबार १० वर्ष जेल सजाय तोकेको छ । ५० वर्षीय राम रहिममाथि आफ्नै भक्तमाथि बलात्कार गरेको आरोपमा यो सजाय तोकिएको हो । उनीमाथि अरु मुद्दाहरुका बारेमा पनि छानविन हुने बताइएको छ ।

गत शुक्रबार अदालतले धर्मगुरु राम रहिमलाई बलात्कार मुद्दामा दोषी ठहर गरे पनि उनलाई के सजाय हुने भन्ने बिषयमा फैसला आएको थिएन ।

हरियाणाको उक्त अदालतले राम रहिमबाट पीडित बनेका महिलाहरूको आरोपको पक्षमा वकालत गरेका कानून व्यवसायी बाएन्सले अभियुक्तमाथि थप सजाय हुनुपर्ने बताए ।

भारतीय संघीय अदालतलाई धार्मिक नेता रहिममाथि लागेका दर्जनौँ अन्य मुद्दामाथि पनि अनुसन्धान शुरु गर्न अनुरोध गरेको बताइएको छ । पहिलो चरणमा छिट्टै दुई वटा मुद्दा सुनुवाईका लागि अपिल गरिने बताइएको छ ।

हाम्रो जानकारीमा आध्यात्मिक नेता रहिमका कारण ४८ महिला यौनहिंसाबाट पीडित बनेका र केहीलाई हत्यासमेत गरिएको हुनसक्नेछ । केही रहीमविरुद्ध बोल्न डराएर प्रशासनमा नपुगेका व्यवसायीले जनाए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले महिलामाथि गरेको हिंसाको निन्दा गर्नुभएको छ तर हरियाणा राज्यको समेत सत्तामा रहेको उहाँकै दल भारतीय जनता पार्टीले घटनाबारे केही नबोलेको भनी आलोचना गरिएकोे छ ।

गैर नाफामूलक सामाजिक तथा आध्यात्मिक संस्था डेराका प्रमुख राम रहीमलाई अदालतद्वारा दोषी ठहराएपछि उनका समर्थकद्वारा गरेको प्रदर्शनमा भएका झडपमा तीन दिनयता कम्तीमा ३८ जनाको ज्यान गएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीद्वारा गरेको हस्तक्षेप र प्रदर्शनकारीबीचको झडपमा परी दर्जनौँको संख्यामा उहाँका समर्थकहरू घाइते भएका छन् ।

शुक्रबारको प्रदर्शनका क्रममा प्रहरीले हरियाणा, पञ्जाव र राजस्थान र दिल्लीमासमेत व्यापक प्रदर्शन भए पनि प्रहरीले स्थिति नियन्त्रणमा आइसकेको जनाएको छ ।

Loading...