६ देशमा श्रम सहचारी नियुक्त

काठमाडौँ, ११ भदौ । श्रम तथा रोजगार मन्त्रालयले छ देशमा श्रम सहचारी नियुक्त गरेको छ ।

दक्षिण कोरियाको काउन्सेलरमा डिल्लीराम बास्तोला, मलेसियाको काउन्सेलरमा बद्रीकुमार कार्की, संयुक्त अरब इमिरेट्स (युयई)को श्रम सहचारीमा मोतिराम भुसाल, ओमनको सहचारीमा कृष्णाकुमारी गौली, कुवेतको सहचारीमा ज्ञानेन्द्र शर्मा र साउदी अरबको जेद्दामा राजु कुँवर सहचारीका रुपमा नियुक्त भएका छन् ।

काउन्सेलरमा नेपाल सरकारका उपसचिवस्तरका र सहचारीमा अधिकृतस्तरका कर्मचारी रहने व्यवस्था छ ।

काउन्सेलर र सहचारी नियुक्ति तथा छनौटसम्बन्धी कार्यविधि तथा मापदण्ड २०७३ को मूल्याकंन प्रक्रियाबमोजिम प्राप्ताङ्कका आधारमा उनीहरुलाई छनौट गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि सहचारी नियुक्तिका लागि सहज मापदण्ड रहेकामा यसपटक अङ्ग्रेजी भाषालाई उच्च प्राथमिकतामा राख्दै कार्यविधि बनाएर सोही अनुरुप निवेदन माग गरिएको थियो ।

सहचारीका लागि २० जनाले आवेदन दिएकामा ११ जना मात्रै प्रस्तुतीकरणमा सहभागी भएका थिए । छनौटमा परेकाले दुई वर्षका लागि ती देशमा रहेको नेपाली दूतावासमा वैदेशिक रोजगारीसम्बन्धी विषयमा सहजीकरणको माग गर्नेछन् ।

Loading...