स्वास्थ्यतर्फ १८ महिने टिएसएलसीमा भर्ना खुल्यो (सूचना सहित)

काठमाडौं । अन्ततः प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटि)ले स्वास्थ्य तर्फको १८ महिने टि एसएलसीमा भर्ना खुलाएको छ । बिहिवार सिटिइभिटिले सिएमए, अनमि, ल्याव असिस्टेनलगायतमा भर्ना खुलेको सूचना जारी गरेको हो ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा स्वास्थ्य तर्फका १८ महिने कार्यक्रम ऐन लागुहुनसाथ बन्द गरिने उल्लेख छ । जसले गर्दा सिटिइभिटिले स्वास्थ्य तर्फका १८ महिने कार्यक्रममा भर्ना खुलाएको थिएन । तर, सिटिइभिटिको कानूनमा भने १८ महिने स्वास्थ्य तर्फको कार्यक्रम सञ्चालन गर्न कुनै बाधा थिएन ।

जसले गर्दा एसइइ परीक्षा दिएर स्वास्थ्य तर्फका १८ महिने टि एसएलसी पढ्न चाहनेहरु अन्योलमा थिए । तर, बिहिवार सिटिइभिटिले यि कार्यक्रमहरुमा विद्यार्थीका लागि भर्ना खुलाएको हो ।

‘प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट शैक्षिक सत्र २०७६र०७७ मा भर्नाका लागि स्वीकृती पाएका नीजि स्तरका शिक्षण संस्थाहरुमा स्वास्थ्य कार्यकमहरुमा सर्तहरुको अधिनमा रही पुर्ण शुल्कीय र बर्गिकृत निःशुल्क छात्रवृत्ति प्रवेश परीक्षाबाट विद्यार्थी छनौट गरी भर्ना गर्नका लागि परिषद्, स्तर निर्धारण महाशाखाको मिति २०६।०४।०८ गतेको भर्ना प्रकृयाका लागि प्राप्त पत्रानुसार तपसिल बमोजिम योग्यता पुगेका व्यक्तिहरुबाट आवेदन फाराम भर्नु भराउनु हुन सम्वन्धित शिक्षण संस्था एवं सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ –सिटिइभिटिबाट विहिवार जारी सूचनामा भनिएको छ ।

सिटिइभिटिले १८ महिने स्वास्थ्य तर्फको टि एसएलसीमा भर्नाका लागि आवश्यक शैक्षिक योग्यता समेत निर्धारण गरेको छ ।

अक्षराङ्कन पद्धति लागु हुनु पूर्वका प्रवेशिका परीक्षाको हकमाः एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्णले र  अक्षराङ्कन पद्धतिको नतिजाको हकमा एस.ई.ई परीक्षामा न्यूनतम इ ग्रेड प्राप्तले भर्ना हुन पाउने सिटिइभिटिले जनाएको छ ।

सिटिइभिटिले ढिलै भएपनि १८ महिने स्वास्थ्य तर्फको टि एसएलसीमा भर्ना खुलाउनु सकारात्मक भएको फोरम फर हेल्थ एण्ड इन्जिनियरिङ साइन्सका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । ‘दूर्गम गाउँहरुमा सेवा दिने अनमी र स्वास्थ्य सहायकहरुको भर्ना रोक्दा समस्या हुने थियो तर, ढिलै भएपनि भर्ना खुलाउनु सकारात्मक छ ।’ अधिकारीले भने – ‘मुलुकभर डाक्टरको पहुँच नपुर्याउँदासम्म यस्ता जनशक्ति चाहिरहन्छ ।’

सिटिइभिटिको सूचना हेर्नुहोस्

Loading...