रातारात जनतालार्इ राज्यसत्ता चाहिन्छ : प्रकाण्ड

काठमाडौँ, २९ साउन । नेपाल कम्युनिस्ट पार्टीले राज्य संचालकहरु उत्तरदायी नभएका कारण जनता असुरक्षित र जोखिमपूर्ण जीवन बाच्न बाध्य भएको बताएको छ ।

देसभर बाढी र डुवानले जनताले ज्यान गुमारहँदा पनि सरकारले कुनै उल्लेख्य कदम चाल्न नसकेकाे भन्दै नेकपाले अाक्राे पनि व्यक्त गरेकाे छ । नेकपाका प्रवक्ता प्रकाण्डले आइतबार एक विज्ञप्ति जारी गर्दै जनताकाे जीवनसँग खेलवाड नगरी जोखिममा रहेका जनताको यथाशक्य उद्धार, पीडितलाई राहत एवं उचित व्यवस्थापन गर्न सरकारसंग माग गरेका छन ।

विज्ञप्तीमा प्रवक्ता प्रकाण्डले जनताको शासन नभएका कारण जनताले यस्ताे विपत्तपूर्ण अवस्था र राज्यकाे वेवास्तापनकाे सामना गर्नुपरेकाे बताएका छन् । साथै उनले जनतालाई रातारात राज्यसत्ता चाहिने पनि उल्लेख गरेका छन । सम्पती र भौतिक पूर्वाधारको क्षतिबाट पारिवारिक पीडासँग जुधिरहेका जनतासँग आफ्नो पार्टीको एेक्यवद्धता रहेको जानकारी दिँदै नेता प्रकाण्डले राहत र उद्दार कार्यमा जुट्न अाफ्ना पार्टीका सबै नेता कार्यकर्तालार्इ अपील गरेका छन् ।

नेकपाका प्रवक्ता प्रकाण्डले जारी गरेकाे विज्ञप्ती यस्ताे छ

प्रेस विज्ञप्ति

देशमा तीन चार दिनदेखि भइराखेको अविरल वर्षा र त्यसले पु¥याएको क्षतिबारे पार्टीको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. विगत केही दिनदेखि देशमा भीषण वर्षा भइराखेको छ । उक्त वर्षाका कारण बाढी, पहिरो र डुवानको समस्या आतङ्कपूर्ण भएको छ । बाढी, पहिरो र डुवानका कारण सुनसरी, सर्लाही, बाँके, सिन्धुली, धनुषा, झापा, मोरङ, पाँचथर, दाङ, बर्दिया, बारा, मकवानपुर, पाल्पा लगायत देशैभरी तीन दर्जन भन्दा बढी नागरिकहरुले ज्यान गुमाइसकेका छन् । सयौंको संख्यामा जनता र हजारौंको संख्यामा गाउँ वस्तीहरु डरलाग्दो गोखिममा छन् । ठूलो संख्यामा धन सम्पति र भौतिक पूर्वाधारहरुको क्षति भएको छ ।

अतिवृष्टिका कारण ज्यान गुमाउनु हुने नेपाली ज्ञात अज्ञात नागरिकप्रति हाम्रो पार्टी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उनीहरुका आफन्तजनहरुलाई शोकलाई शक्तिमा बदल्न विशेष आग्रह सहित गहिरो समवेदना व्यक्त गर्दछ । सम्पती र भौतिक पूर्वाधारको क्षतिबाट पारिवारिक पीडासँग जुधिरहनु भएका जनताप्रति पार्टी एेक्यवद्धता जाहेर गर्दछ । जोखिममा रहेका जनताको यथाशक्य उद्धार र पीडितहरुलाई राहत एवं उचित व्यवस्थापन गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।

२. राज्य र त्यसका संचालकहरु जनताप्रति उत्तरदायी नहुँदा जनताले आफ्नो आधारभूत आवश्यकताको दैनिक परिपूर्तिका निम्ति प्रति दिन र प्रतिघण्टा जोखिमसँग खेल्न बाध्य हुनुपरेको छ । जनताको वास असुरक्षित एवं जोखिमपूर्ण छ, जनता भोकै, नाङ्गै बाँच्न विवश छन । शिक्षा, स्वास्थ्य र रोजगारी एकादेशको कथा भएको छ भन्ने कुरा शासकहरुले नदेख्दा र नसुन्दा प्राकृतिक विपत्ती आउँदा अकल्पनीय धनजनको क्षति देशले बेहाेर्नुपर्छ । वडो विडम्वना विकसित राष्ट्रहरु समुन्द्रमाथि वस्ती बसाउँछन, नेपालमा जनता बसेको वस्ती डुवानमा परेर जनता मर्छन । राज्य र शासकहरु जनताका नहुनु यसको मुल कारण हो । यसर्थ अब नेपाली जनतालाई आफ्नो राज्यसत्ता र शासन व्यवस्था रातारात चाहिन्छ ।

३. यो विपतको घडीमा पीडित जनताहरुको उद्धार र राहतको कार्यमा सक्रियता र दृढतापूर्वक लाग्न सिङ्गो पार्टी पंक्तिलाई पार्टी केन्द्रीय कार्यालय विशेष निर्देशन गर्दछ ।
धन्यवाद !

प्रकाण्ड
प्रवक्ता
२९ साउन ०७४
आइतबार

Loading...