प्रदेशकै स्तरीय सेवा दिदै खस्यौली प्राथमिक स्वास्थ्य केन्द्र

पाल्पा, रिब्दीकोट गाँउपालिकामा रहेको खस्यौली प्राथमीक स्वास्थ्य केन्द्र विरामीहरुको स्वास्थ्य सेवा दिनमा प्रदेशमै उत्कृष्ट सेवा प्रदान गर्ने संस्थाको पहिचान बनाउन सफल भएको छ । प्रदेश नं ५ को अन्य जिल्लामा रहेका स्वास्थ्य केन्द्र र पाल्पा जिल्लाको जिल्ला अस्पताल सहित अन्य स्वास्थ्य केन्द्रलाई सेवा प्रवाहमा विरामी सेवाग्राहीहरुको गुनासो वढिरहेको अवस्थामा खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रले सेवाग्राही विरामीहरुको मन जित्न सफल भएको छ ।

जग्गादाता तथा खस्यौली प्राथमीक स्वास्थ्य केन्द्र संचालक समितीका अध्यक्ष विष्णु प्रसाद खनालले अस्पताल विकासका लागी ६ रोपनी ३ आना जग्गा दिएको र स्तर बृद्धिकोलागी प्राविधिक इष्टिमेट गर्दा चाहिने जग्गा ३ रोपनी थप दिने आफ्नै सुविधा सम्पन्न भवनवाट स्वास्थ्य सेवा प्रदान गर्दे आएको, यस अस्पतालवाट नियमीत विरामी चेक जाँच, माइनर अप्रेसन, इ.सि.जी., भिडियो एक्सरे, एक्सरे, ल्याव सम्वन्धी सम्पूर्ण चेकजाच लगाएत सुरक्षीत मातृ सेवा २४ सै घण्टा प्रदान गदै आएको छ ।

यस स्वास्थ्य केन्द्रवाट राम्रो सेवा सुविधा उपलब्ध भएको र स्वास्थ्य विमा अन्र्तरगत पर्ने सवै प्रकारका औषधीहरु उपलब्ध हुनुका साथै जटिलरोग वाहेकका साना तिना सवै किसीमका रोगहरुको उपचार गर्न स्थानिय स्तरवाटै पाएकोमा स्थानिय सेवाग्राहीहरु खुशी भएकोे बताउछन् ।

विमा वोर्डको प्रदेश स्तरीय कार्यक्रममा स्वास्थ्य विमाले समेटेको कार्यक्रममा सहभागी भै यस स्वास्थ्य चौकीले विरामी उपचारको क्रममा लेखिएका प्रिपेसन र्कार्ड अनुसार स्वास्थ्य वीमाले सुचीकरण गरेको औषधी वितरणमा फार्मेसी संञ्चालनमा ल्याई विरामीका लागी औषधी वितरणमा राम्रो व्यपस्थापन गर्न सकेकोमा स्वास्थ्य वीमा वोर्डले प्रदेश स्तरीयमा कार्यक्रममा यस स्वास्थ्य केन्द्रलाई प्रदेशकै १ नं मा राखेको खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रका फार्मेसी सहायक सन्तोष ज्ञवाली बताउछन् ।

यस स्वास्थ्य केन्द्रमा दैनीक ७० देखि ८० जना विरामीले सेवा लिने गरेको र सरकारवाट निशुल्क वितरण हुने औषधीलाई समेत स्वास्थ्य केन्द्रले छुट्टै फार्मेसीको ब्यवस्था गरि वितरण गरेको जानकारी गराउदै यस केन्द्रमा आउने विरामीहरुलाई सके सम्म यहिवाट सेवा दिने ब्यवस्था गरेको छ । यस सेवा केन्द्रमा रिब्दीकोट गाँउपालिका बाहेक अन्य छिमेकी गाँउपालीकावाट पनि सेवाग्राही विरामीहरु आउने क्रम बढ्दो छ ।

यँहावाट प्राप्तहुने सेवा सुविधा वाहेक अन्यका लागी मात्र माथिल्लो निकायमा रेफर गर्ने गरेको, धैरे जसो विरामीले यहि केन्द्रवाट सेवा लिने गरेको र न्यून मात्रामा माथिल्लो निकायमा पठाउने गरेको खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रका  प्रमुख डा. मिलन बम्जन बताउछन् ।
यस केन्द्रमा ११ जनाको स्थायी दरवन्दी रहेकोमा केन्द्रमा देैनीक विरामीको चाँप बढ्दै गएकाले थप ५ जनालाई करार सेवा ब्यवस्थागरि १६ जनाले यस स्वास्थ्य केन्द्रवाट सेवा दिएको बताउछन् ।

सरकारले दिने सेवासुविधामा दिनहु सेवाग्राही जनताका गुनासा आउने गरेकोमा खस्यौली प्राथमीक स्वास्थ्य केन्द्रले जस्तै कुशल व्यवस्थापन र काममा जिम्मेवारी पूर्ण तरीकावाट सेवा प्रदान गर्न सके सरकारी सेवाको खस्कीदो गुणस्तरीयता र विश्वनियतामा सुधार भई सरकारी सेवाको विश्वास वढेर जानेमा दुइमत छैन् ,यसकालागी सेवा दिने निकायले आफ्नो जिम्मेवारीलाई आम्मवोध गरि सेवा दिन सकेमात्र सेवाग्राहीको विश्वास निजिमा मात्र गुणस्तरीय सेवा पाइन्छ भन्ने सोँच हटेर जाने र सरकारी स्वास्थ्य सेवामा विश्वास वढेर जाने थियो भन्ने विश्वास गर्न सकिन्छ ।

Loading...