दाङबाट रोल्पा जादै गरेको सुमो दुर्घटना १ को मृत्यु

प्यूठान, २१ असार । प्युठानको बड्डाँडा नजिक टाटा सुमो जिप दुर्घटना भएको छ उक्त दुर्घटनामा सुमो चालकको घटनास्थलमै मृत्यु भएको छ । पाण्डेश्वरी यातायातको रा १ ज ६५८ नम्वरको सुमो सरुमारानी गाउँपालिका-४ बड्डाँडा नजिकै शनिवार विहान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा प्यूठान नगरपालिका- २ दाखाक्वाडी निवासी ३३ वर्षीय चालक चन्द्रबहादुर नेपालीको मृत्यु भएको हो ।उक्त सुमो पुलखोलाको सडकबाट दुई सय मिटर तल खोचमा गाडी खसेको बड्डाँडाका इन्चार्ज केमबहादुर बुढाथोकीले जानकारी दिए ।

दाङबाट रोल्पाको लिवाङ ९ जना यात्रु छोडेर फर्किने क्रममा दुर्घटना भएको प्रारम्भिक जानकारीमा खुलेको छ ।दुर्घटनाको बिस्तृत अनुसन्धान भै रहेको प्रहरी ले बताएको छ ।

Loading...