भ्रष्टाचारी पूर्व प्रहरी महानिरिक्षकलाई ओली सरकारको यस्तो सम्मान, भिआइपी तामझामसहित लगियो सदरखोर

काठमाडौं, १९ असार । भ्रष्टाचारको मुद्दा लागेर लामो समय फरार रहेका पूर्व प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीलाई जेल चलान गरिएको छ ।

बिहीबार सर्वोच्च अदालतमा पुगेर आत्मसमर्पण गरेका चन्दलाई डिल्लीबजारस्थित कारागारमा लगिएको छ । उनलाई जेल पु¥याउँदा सर्वोच्च परिसरबाटै उच्च पदस्थ अधिकारीको सवारीकै झल्को दिनेगरी तामझामसहित जेल पु¥याइएको हो । चन्द एक बिलासी निजी गाडीमा चढेका थिए भने उनको गाडी पछि नेपाल प्रहरीको एक पछुवा गाडी लागेको थियो । पदमा रहेकाबेला करोडौ भ्रष्टाचार गरेको प्रमाणित भइसकेका व्यक्तिलाई पनि उच्च तामझामसहित जेल लगिएको भन्दै सर्वोच्च परिसरमा धेरैले आलोचना गरेका थिए ।

द्वन्द्वग्रस्त देश सुडानमा गएको शान्ति मिशनका क्रममा गरेको घोटालामा दोषी ठहर भएका चन्द २ वर्ष देखि फरार थिए । सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलासले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वप्रहरी महानिरीक्षक (आईजीपी) सहित चार जनालाई २ वर्ष अघि नै जेल चलान गरिसकिएको छ ।

सर्वोच्च अदालतका तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीको इजलासले सुडानको डार्फरमा पठाइने एपीसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै ती उच्चपदस्थ पूर्वप्रहरी अधिकृतहरूलाई जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

पूर्वआईजीपीद्वय ओमविक्रम राणा र हेमबहादुर गुरुङ, पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपकसिंह थाङ्देन र पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक श्रेष्ठलाई जेल चलान गरिएको थियो ।

सर्वोच्चले पूर्वआईजीपीहरु राणा, रमेश चन्द ठकुरी र गुरुङलाई दोषी ठहर गरेको थियो । राणालाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना त्यसैगरी ठकुरी र गुरुङलाई जनही १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना फैसला भएको थियो ।

२ वर्षदेखि फरार रहेका ठकुरीले बिहीवार सर्वोच्च अदालत समक्ष आत्मसर्पण गरेपछि उनलाई कारागार चलान गरिदैछ ।

Loading...