हरिवन नगरका प्रमुख ‘जनतासंग मेयर’ मार्फत प्रस्तुत, पछाडी पारिएका क्षेत्रलाई हेर्न जनताको जोड

सर्लाही,१८ असार । सर्लाहीको हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईं जनतासामु ‘जनतासंग मेयर’ कार्यक्रममार्फत प्रस्तुत भएका छन् । वडा नम्बर १ बिलन्दी डाडामा भएको कार्यक्रममा उनले जनताका सवालहरुको सामना गरेका हुन् ।

 नगरपालिकाले बिकाशको नाममा सुबिधा सम्पन्न भएकै नगर केन्द्रीकृत कार्यक्रम गरेर भौगिलिक बिकटताले पछाडी पारिएको दुर्गम तथा पहाडी क्षेत्रलाई समेट्न र बिकाशको अनुभूति दिलाउन नसकेको भन्दै बिलन्दी पटौना भोक्टिनी लगायतका स्थानीयले मेयर प्रसाई सामु आक्रोश पोखेका थिए ।

नगरको समग्र बिकाशको लागि शिक्षाको स्तर माथि उठाउनुपर्ने र त्यसका लागि विद्यालयमा पर्याप्त भौतिक पुर्बाधार, तालिम प्राप्त दक्ष शिक्षक , दरबन्दी अनुसारको शिक्षक मिलान लगायतमा ध्यान पुर्याउनपर्नेमा जनताले सचेत गराएका थिए । त्यसैगरी खानेपानी ,हरिवन क्यानेश्वर सडक कालोपत्रे स्तरोन्नति, बिधुतिकरण , पर्यटन बिकाशको लागि भ्यु टावर निर्माण, स्वास्थ्यको लागि प्रत्येक वडामा स्वास्थ्य चौकीको ब्यबस्था गरिनुपर्ने लगायतमा स्थानीयले जोड दिए ।

कार्यक्रममा जनताले उठाएका सवालको जवाफ दिंदै नगर प्रमुख प्रसाइले आउदो बिकाश बजेटले ग्रामिण,विकट र भौगोलिक दृष्टिकोणले पछाडी परेको क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर आबश्यक बजेटको परिधीमा रहेर काम गर्ने र नागरि ले बिकाशको अनुभूति पाउने किसिमले बिकाशका कामले गति लिने प्रतिबद्दता प्रकट गरे ।

 हरिवन क्यानेश्वर सडकको स्तोरनती तथा कालो पत्रेको लागि छिमेकी हरिहरपुरगढी गाउँपालिकाका साथै सिन्धुली जिल्लासंग सहकार्य गरेर सडक निर्माणलाई तिब्रता दिने समेत उनले बताए ।

त्यस्तै दरबन्दी अनुसार शिक्षक दरबन्दी मिलान गर्ने, विद्यार्थीको चाप भएका र शिक्षक धेरै भएका हरुको बिद्यालय एकीकरण गर्ने, सडक वत्ती तथा ग्रामिण भेगमा बिधुतिकरणका काम गर्ने, एमबिबिएस डाक्टरसहितको १५ सैयाको अस्पताल र सबै वडामा स्वास्थ्यचौकी निर्माण लगायतका कामको लागि बजेट कार्यान्वयन गरिने उनले जिकिर गरेका थिए ।

समृद्ध अभियान नेपाल नामक सस्थाले आयोजना गरेको जनतासंग मेयर कार्यक्रम उपमेयर रेनुका पौडेलको अध्यक्षतामा भएको थियो भने प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल,नगर शिक्षा अधिकारी नवराज निरौला,विभिन्न वडाका वडाअध्यक्ष, स्थानिय जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि, शिक्षक ,संचारकर्मी लगायतको उलेख्य उपस्थिती रहेको थियो ।

कार्यक्रममा टम बहादुर घिसिङ्ग ,प्रज्वल ढुङ्गाना, रमेश चौलागाई ,चुडामणी वाग्ले ,रामशरण उप्रेती ,बिदुर कुमार प्याकुरेल लगायतले धारणा राखेका कार्यक्रम संचालक भक्ति रिजालले जानकारी दिए ।

Loading...