सातै प्रदेशमा समाजवादी पार्टी नेपालको प्रतिनिधित्वो हुने – लालबाबु रावत

वैशाख २४ ,काठमाडौँ – प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु रावत तथा नवगठित समाजवादी पार्टी नेपालका नेता राउतले सातै प्रदेशमा आफ्नो पार्टीले सरकार बनाउने उद्घोस गरेका छन् ।
सोमबार दुइ पार्ति नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम बीच एकता घोषणा कार्यक्रममा राउतले हिमाल ,पहाड र तराईको प्रतिनिधित्वो गर्ने समाजवादी पार्टी नेपाललाई देशको एक नम्बरको पार्टी बनाउने उद्घोष गरे ।

मन्त्रि रावतले २ नम्बर प्रदेश मात्र होइन अबका दिनमा बैकल्पिक राजनैतिक शक्ति नभई हिमाल, पहाड र तराईका उपेक्षित, उत्पीडित, आदिवासी जनताको साँचो पार्टी बनाउँदै मुख्य शक्ति कारुपमा स्थापित हुने बताउभयो । ‘ नेत्रित्वो तहमा सबै मुद्दा, विचार र दृष्टिकोण, नेतृत्व सही छ । यसैले सातै प्रदेशको नेत्रित्वो लिनसक्ने एक नम्बरको पार्टी बनाउँछौँ,’ उनले भने ।

मन्त्रि रावतले पार्टी नेतृत्व तह बौद्धिक र सक्षम भएकाले आफ्नो पार्टीले अब सिंहदरबार कब्जा गर्ने हैसियत हुने बताउदै सिंहदरबार कब्जा गर्न आफूहरुलाई कुनै कठिनाइ नरहेको बताए ।

कांग्रेस र नेकपा भन्दा आफ्नो पार्टी सबैजातीको समावेशीता सहित बौद्धिक नेताहरु पार्टी भएकोले अरु पार्टीमा भए देखाउन पनि उनले चुनौती दिए ।

अहिले संघीयता, सुशासन र लोकतान्त्रिक व्यवस्थालाई अगाडि बढाउन अहिले ठूला दलहरुबाटै समस्या आइरहेको भन्दै उनले संघीयता स्थापित गराउनुपर्छ भनेर मुख्यमन्त्रीको रुपमा आफू लडिरहेको बताए ।

Loading...