नेकपा र फोरमबीच पार्टी एकिकरणको घोषणा, मधेसमा पार्टीका नाममा खुलेका पसल बन्द हुने दावी

काठमाडौं वैशाख १७ गते । सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) र तराई मधेश फोरम नेपालबीच एकिकरण घोषणा भएको छ । मंगलवार बिहान नेकपाका अध्यक्ष प्रचण्डको निवास खुमलटारमा एक कार्यक्रम गरि एकिकरणको घोषणा गरिएको हो ।

तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भइ तराई मधेश फोरम गठन गरेका मधेसबादी नेता अमर यादवको दल नेकपामा एकिकृत भएको छ । यादव तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका थिए । सत्ताको लागि मधेश आन्दोलन बिपरित गएको आरोप लगाउदै उनीहरु उपेन्द्र यादवबाट अलग भएका थिए ।

एकिकरणको घोषणा कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्डले आफूहरु मधेशको सच्चा सिपाही भएको जिकिर गर्दै मधेसी जनतालाई नेकपाले मात्र उत्पीडनबाट मुक्ति दिन सक्ने दावी गरे ।

‌‌क्षेत्रीय राजनीतिबाट देशको समस्या समाधान नहुने भएपछी एकिकरण आवस्यक देखिएको फोरम नेपाल नेता अमर यादवले बताए । मधेशवादी दलहरुले मधेशी जनतालाई भ्रममा राखेको र अगामी चुनावमा पार्टीका नाममा खुलेका मधेशका पसलहरु बन्द हुने उनको भनाइ छ ।

Loading...