ललितपुरको तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो

ललितपुरमा एक जीप दुर्घटना हुँदा त्यसमा सवार ३ को ज्यान गएको छ । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो ।

सोमबार बेलुका ९ बजेतिर उक्त दुर्घटना भएको प्रहरीको भनाइ छ । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप राती दुर्घटनामा परेको हो । जीप दुर्घटनाको कारण खुलेको छैन ।

दुर्घटनाबाट ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तान तथा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगरको मृत्यु भएको छ ।

विशालको घटनास्थलमै तथा सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा मृत्यु भएको प्रहरीले बताएको छ ।

Loading...