दोहोरीमा जमेकी टिका सानु मोडलिङमा पनि जम्दै

काठमाडौं, २ बैशाख । लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका टीका सानुको स्वर रहेको झिल्के मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अर्का चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवाजमा रहेको यो मौलिक लोकदोहोरी गितमा टीका आफैले मोडलिङ गरेकी छन् । टिकासँगै खेम सेन्चुरीले पनि मोडलिङ गरेका छन् ।

गीतमा नवराज पन्तको शब्द रहेको छ भने खेम सेन्चुरीको लय रहेको छ । शिव बिकको निर्देशनमा खेम सेन्चुरी र टीका सानुले अभिनय गरेका छन । प्रवीण भट्टको सम्पादन र करन चैसियरको छयान्कन रहेको गीतको भिडियोलाई खेम सेन्चुरीकै अफिसियल युट्यूव च्यानल मार्फत सार्वजनिक गरिएको हो । टीकाले आफ्नो फेसबुकमार्फत आफूले नाच्ने प्रयास गरेको बताएकी छन् । दोेहोरीमा जमेकी टिकाको नृत्यमा पनि राम्रो क्षमता रहेको उनका सहकर्मीहरु बताउँछन् ।

हेर्नुहोस टिका सानुको झिल्के माया गीतको पूरा भिडियो

Loading...