भाइरल गायिका टिका सानुको ‘चोखो माया’

काठमाडौं, ४ कार्तिक । नेपाली गीत संगीतमा एकपछि अर्को लोकप्रिय गीतहरुमा आवाज दिँदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड–७ रम्फै गुल्मीका उदीयमान गायक टिकाराम थापाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो सार्वजनिक भएको छ ।

युवा–युुवती बीचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा श्रोताले मन पराउनेमा आफु आशावादी रहेको गायक टिकारामले बताए ।

टिकाराम थापा तुफानको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफुलाई माया गर्ने मायालुसँग प्रेमका सुनौला सपनाहरु सजाउनको लागि आफु निकै हतारिएको गायिकाले बताएकी छन । अर्जुनकुमार सुनारको छायाङ्कन, प्रेमकुमार थारुको सम्पादन तथा खुमबहादुर सुनारको निर्देशन भिडियोमा रहेको छ ।

‘चोखो माया’ गीतको भिडियोमा मुनाल थापा मगर र विष्णु सुनुवारको अभिनय रहेको छ ।

हेर्नुहोस पूरा भिडियो

Loading...