टेम्पोभित्रै चालक मृत अवस्थामा फेला

सप्तरी । सप्तरीमा एक जना टेम्पो चालक टेम्पोभित्रै मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सप्तकोशी नगरपालिकामा स १ ह १२५७ नम्बरको आफ्नै टेम्पोभित्र सप्तकोसी नगरपालिका २ सिद्धीपुर निवासी सुन्दर भनिने दुर्गा बहादुर बस्नेत शुक्रबार दिउँसो आफ्नै टेम्पोभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

मृतकको मुखबाट र्‍याल निस्केकाले विष खाएर गरेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । उनको शवलाई परीक्षणका लागि सगरमाथामा अञ्चल अस्पताल राजविराज लगिएको प्रहरीले जनाएको छ ।

Loading...