रियल म्याड्रिडलार्इ पराजित गर्दै बार्सिलोना बन्यो इन्टरनेसनल च्याम्पियन्स

एजेन्सी । स्पेनका दुर्इ फुटबल महारथीबीचकाे खेल विश्वव्यापी चर्चा र निकै राेचक मानिन्छ । यस सिजनकाे पहिलाे खेलमा बार्सिलाेनाले रियल म्याड्रिडलार्इ पराजित गरेकाे छ ।

सिजनको पहिलो एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी क्लब रियल म्याड्रिडलाई पराजित गर्दै बार्सिलाेनाले इन्टरनेसनल च्याम्पियन्स कपको उपाधिमाथि कब्जा जमाएको छ । आइतबार बिहान भएको रोमाञ्चक खेलमा बार्सिलोनाले रियललार्इ ३–२ गोलअन्तरले पराजित गर्याे ।

अमेरिकाकाे फ्लाेरिडास्थित हर्ड रक स्टेडियममा भएको खेलमा खेलमा बार्साले राेमाञ्चक जित हात पारेकाे हाे । खेल सुरु भएको सात मिनेटभित्र नै बार्सिलाेनाले २–० गोलकाे अन्तर बनाएपछि रियलका फ्यानहरु निकै निरास बनेका थिए ।

बार्साका चर्चित स्ट्राइकर लियोनेल मेस्सी र इभान र्याकिटचले सुरुमै गाेल गरेपछि रियल दवावमा परेकाे थियाे । तर, त्यसकाे केही मिनेटमै रियलका माटेयो कोभाचिचले गोल गरे । रियलले गाेल अन्तर कम गरेपछि केही सम्हालिएर खेलेकाे थियाे । पहिलाे हाफको खेल सकिन ९ मिनेट बाँकी छँदा रियलका मार्को असेन्सियोले गोल गरे । त्यसपछि २–२ काे बराबरीमा रियल र बार्सा दाेस्राे हाफमा पुगे ।

खेलको दोस्रो हाफमा नेयमारको फ्रिकिकमा जेरार्ड पिकेले गोल गरेपछि बार्साले रियललार्इ ३–२ ले पछाडि पार्याे । पिकेकाे यही गाेल नै निर्णायक बन्याै र बार्सिलाेना ३–२ ले विजयी भयाे ।

योसँगै बार्साले म्यान्चेस्टर सिटीलाई पछि पारेर उपाधिमाथि कब्जा जमाएकाे छ । रियल म्याड्रिड भने याे प्रतियोगितामा जीतविहिन रह्याे । रियल यसअघि म्यान्चेस्टर युनाइटेड र म्यान्चेस्टर सिटीसँग पनि पराजित भएको थियो ।

उता, म्यान्चेस्टर सिटीले भने प्रिमियर लिग प्रतिद्वन्द्वी टोटनहम हटस्पर्सलाई पराजित गर्यो । रियलविरुद्ध ४–१ को जीतले उत्साहित बनेको सिटीले फेरि उत्कृष्ट प्रदर्शन गर्दै स्पर्सलाई ३–० गोल अन्तरले हरायो । सिटीको जीतमा जोन स्टोन, राहिम स्टर्लिङ र ब्राहिम डियाजले एक–एक गोल गरे ।

Loading...