मलेसियाको प्रशासनिक केन्द्र पुत्रजयामा एकाबिहानै लुटिए नेपाली युवा

क्वालालम्पुर । मलेसियामा एक नेपाली लुटिएका छन् । आइतबार बिहानै मलेसियाको प्रशासनिक केन्द्र पुत्रजयामै नेपाली युवा लुटिएका हुन् ।

तनहुँ घर भएका करिव ३० वर्षका प्रकाश कुमाल नाम गरेका युवालाई बाटोमा चक्कु देखाएर लुटपाट गरिएको उनले जानबारी दिएका छन् । बिहान ५ः३० बजे काम गरेर फर्कदै गर्दा एक युवाले चक्कु देखाएर आफूसँग भएको सबै सामान, पैसाको पर्स र मोवाइल लुटेको कुमालले बताए । उनीसँगै रहेका अर्का एक युवा भागेर जोगिएका छन् । कुमाललाई लुटपाट हुँदै गर्दा उनीसँगै रहेका दाङ घर भएका भिमबहादुर नाम गरेका युवा भने भागेका थिए । पुत्रजया मलेसियाको सुरक्षित क्षेत्र मानिदै आएको थियो । यस क्षेत्रमा मलेसियाका सबै सरकारी कार्यालयहरु रहेका छन् ।

लुटिएका युवा कुमालले मलेसियन प्रहरी समक्ष उजुरी दिएका छन् । उनको उजुरी पछि मलेसियन प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । कुमालमाथि यसरी लुटपाट भएपछि मलेसियामा विदेशी कामदारको सुरक्षा खतरा अझै महशुस गरिएको छ ।

Loading...