हिमपातमा परी सयौँ भेडा मरे

जुम्ला । निरन्तर को हिमपातका कारण जुम्ला सिंजा गाउँपालिकाको पाटनमा सयौ सयौ भेडा बाख्रा मरेका छन् ।

निरन्तरको हिमपातले हिउँमा कठ्यारिएर सिँजा गाउपालिका २ का गोबिचन्द्र तिरूवाका ५१ वटा भेडा मरेका हुन् । घोडिङ्गा पशु ब्यवसायिक, हिमाली भेडापालन ब्यवसायिक आयोजनाको सहयोगमा तिरूवाले भेडा पालन व्यवसाय गदर्दै आएका थिए ।

जम्मा १३५ भडा मध्ये अत्याधिक हिमपातका कारण ले ५१ भेडाहरु मरेको व्यवसायी तिरूवाले बताए । दशकौँ पछिको हिमपातले आफ्नो रोजिरोटी खोसिएको उनको भनाई छ । ‘एक्कासी भेडा मरेपछि एक छाक टार्न समस्या हुने स्थिति सृजना भयो’, उनले भने, अब मरेका भेडा गाउँ ल्याउन समेत हप्तौ लाग्ने भयो ।’

जुम्लाका उच्च भागहरूमा पाँच फिट हिउँ जमेको छ । मरेका ५१ मध्य १० वटाको बिमा गरेको उनले जानकारी दिए । चालू आवमा सिञ्जामा चिसोले कम्तिमा ५० लाख जतिको क्षती पुर्याएको पशु बिज्ञ मित्रलाल धितालले बताए ।

निरन्तरको हिमपातले स्थानीयको दैनिकी कष्टकर बनाउनुका साथै आर्थिक रूपले पनि धेरै क्षति भएको उनको भनाई छ । यो वर्ष सिँजा मात्रै होईन समग्र जुम्लाका भेडा पालक कृषक र पशु पालक कृषक निकै प्रभावित भएका छन् ।

Loading...