महिला भलिबल प्रतियाेगितामा तीन विभागीय टोली विजयी

काठमाडौँ, ७ माघ । विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब, नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले ढोरपाटन महिला भलिबलमा विजयी भएका छन् ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज भएको पहिलो खेलमा एपिएफले श्री गाउँ खेलकूद विकास समिति दाङलाई ३–० को सोझो सेटमा पराजित ग¥र्यो । एपिएफले दाङलाई २५–२०, २५–११ र २५–८ को सेटमा हरायो ।

यसैगरी आर्मीले आयोजक ढोरपाटन स्पोर्ट्स क्लबलाई २५–३, २५–७ र २५–४ को सेटमा हरायो । आर्मीले अपराजित रहँदै तीन खेलबाट नौ अङ्क जोडेको छ । त्यस्तै आजै भएको तेस्रो खेलमा नेपाल पुलिस क्लबले सेब स्कूललाई २५–१३, २५–१३ र २५–९ को सेटमा हरायो ।

प्रतियोगितामा नौ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले रु तीन लाख ५० हजार पाउनेछ भने दोस्रो हुनेले रु दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले रु एक लाख, चौथो हुनेले रु ६० हजार, पाँचौँ हुनेले रु ४० हजार, छैठौँ हुनेले रु ३० हजार र सातौँ हुने टोलीले रु २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, वर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले एक÷एक स्कुटर पाउने छन् ।

त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान रु छ÷छ हजार प्रप्त गर्ने आयोजकले जनाएको छ ।

नेपाल आर्मीले प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगिताको जुनियर गल्र्स टिम इभेन्टमा स्वर्ण जितेको छ । साेमवार भएको फाइनलमा आर्मीले ललितपुरलाई ३–० ले पराजित ग¥यो । भक्तपुर र एपिएफ संयुक्तरुपमा तेस्रो भए । उक्त स्पर्धाको ब्वाइजमा एपिएफ पहिलो भयो । एपिएफले उपाधि भिडन्तमा ललितपुरलाई ३–१ ले हरायो । मोरङ र आर्मी तेस्रो बने ।

जेड आलेमगर र बेदाङ गौतम १६ औँ जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिङ्गल्समा आज प्रिक्वाटर फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को टेनिस कोर्टमा जेडले अबिर श्रीवास्तावलाई ६–० र ६–१ तथा बेदाङले भरुण सर्वागीलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धामा बोरिस अधिकारीले देवाशिश रेउलेलाई ६–० र ६–० तथा शास्वत बज्राचार्यले आर्यम्यमान जोशीलाई ६–४ र ६–० को सिधा सेटमा हराउँदै प्रिक्वाटर फाइनलमा स्थान बनाए ।

मनजयर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको यु–१२ गल्र्स सिङ्गल्समा उत्सा लामाले शैभी ढकाललाई ६–४ र ६–० ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगिन् ।

Loading...