फुटको संघारमा विवेकशील साझा पार्टी, दुर्इ अध्यक्ष दुर्इतिर

काठमाडौं, १५ पुस । प्रदेश र संघीय प्रतिनिधि सभा चुनाव अघि दुर्इ अलग अलग पार्टी मिलेर बनेकाे विवेकशील साझा पार्टीभित्रकाे विवाद चरमचुलीमा पुगेकाे छ । साे पार्टीमा हालका लागि दुर्इ जनालार्इ संयाेजक बनाइएकाे थियाे । साझा पार्टीका रविन्द्र मिश्र र विवेकशील पार्टीका उज्जवल थापा दुबैजना पार्टी एकिकरणपछि एकीकृत पा रिवर्टीकाे संयाेजक भएका थिए । तर अहिले दुर्इ जनाकाे विवाद चरम पुगेर दुर्इतिर फर्केकाे खुलासा भएकाे छ ।

पार्टीका एक संयाेजक रविन्द्र मिश्रले केही नेताहरुलार्इ साथमा लिएर एकलाैटी पार्टी चलाउन थालेकाे भन्दै अर्का संयाेजक उज्जवल थापा चिढिएका छन् । संयोजक मिश्र बरिष्ठ नेता मुमाराम खनाल र प्रवक्ता सुर्यराज आचार्यलगायतकाे टाेलीलार्इ लिएर एकलौटी ढंगले पार्टी चलाइरहेकाे अाराेप थापा पक्षकाे छ । थापालगायतले व्यवस्थित रुपमै असन्तुष्टि राख्दै पार्टी चलाउने यो शैलीले नयाँ परिपाटीसहितको पार्टी नबन्ने ठहर गरेका छन ।

पार्टीभित्र असन्तुष्टी बढ्दै गएपछि देशव्यापी भ्रमण गरेका संयोजक थापाले प्रतिवेदन तयार पार्न लागेका छन् । उनले विवेकशील साझा पनि पुरानै शैलीको अर्को पार्टी बन्न थालेको भन्दै असन्तुष्टी पोखेका छन् । ‘हामी पुरानै लहरमा एउटा अर्को पार्टी बन्दै छौँ, साँघुरो घेरामा बसेर निर्णय गर्दै छौँ, नतिजा निकाल्ने भन्दा पनि आफ्नो अनुकूल व्याख्या गरेर उपलब्धिको रुपमा प्रस्तुत गर्दै छौँ,’ थापाले यसअघिको केन्द्रीय समिति बैठकमा भनेका थिए, ‘मूल्य, मान्यता, सहभागितामूलक लोकतन्त्र र सामूहिक नेतृत्व भन्ने विषय पछि कुनै समय गएर अभ्यास गरौँला भन्न मिल्दैन, ती त अहिले, आजै र हामी हरेकको विषयमा लागू हुनुपर्छ ।’

पार्टीभित्रको विवाद मिडियामा आए जस्तो होइन । दुई भिन्न पार्टी एकिकरण भई विवेकसिल साझा पार्टी बनाईएको हो । पार्टीभित्रका केही राजनीतिक सवालमा नेतृत्व तहमा छलफल भएको हो । दुई भिन्न पार्टी मिलेर बनेको केन्द्रीय नेतृत्वमा लोकतान्त्रिक अभ्यास गर्ने सन्दर्भमा छलफल हुनु स्वभाविक हो । पार्टीको विचार, सोँच र केही मुद्दाका हकमा मत भिन्नतालाई राजनीतिकतहबाटै पार्टीले हल गर्ने छ । जहाँसम्म केही केन्द्रीय सदस्यले पार्टी छोड्नु भएको सन्दर्भ छ । उहाँहरू निर्वाचनलगत्तै स्वेच्छाले पार्टीबाट अलग हुनुभएको हो । केन्द्रीय सदस्य जुन बनाईएको छ, त्यो केन्द्रीय तर्दथ समिति हो । तर्दथ समितिमा छोड्ने र थप्ने नियमित प्रक्रिया चल्छ । पार्टी संयोजक नै अलग हुँदै छन भन्ने विषयमा जुन किसिमले समाचार आएको छ, त्यो अनुमान मात्रै हो । संयोजक उज्वल थापा अलग हुदै हुनुहुन्छ भन्ने विषयमा पार्टीलाई आधिकारिक जानकारी छैन ।

Loading...