नेपालमा अहिलेसम्मकै ठूलो साइबर हमला । ५८ वटा सरकारी वेवसाइटमाथि खतरानाक अाक्रमण

काठमाडाैं, ९ साउन । साइवर ह्याकरहरुकाे एक समूहले नेपालमा अहिलेसम्मकै ठूलाे अाक्रमण गरेकाे छ । साे समूहले नेपाल सरकारकै वेवसाइटहरुलार्इ अाक्रमणकाे निशाना बनाएकाे छ ।

अाफूलार्इ प्याडक्स साइबर घोस्ट नामक परिचय दिएकाे हमलाकारीले नेपालका ५८ वटा सरकारी वेभसाइटमा एकै पटक साइबर हमला गरेको दाबी गरेका छन् । साे समूहले नेपाल सरकार रक्षा मन्त्रालयदेखि कानुन मन्त्रालयसम्मका वेवसाइट अाक्रमण गरेकाे जनाएकाे छ ।

ह्याकरहरुले अाफूहरुले कुन कुन वेवसाइटमा अाक्रमण गरेकाे हाे भन्ने सूची समेत सार्वजनिक गरेका छन् । ह्याकरले दावी गरेका मध्ये रक्षा मन्त्रालयकाे वेवसाइटमा उनीहरुले अाफ्नाे सन्देश समेत राखेका छन् । सेक्युरिटी केवल भ्रम भएकाे भन्दै उनीहरुले सरकारकाे सुरक्षालार्इ कडा चुनाैती समेत दिएका छन् ।

ह्याकरहरुले दाबी गरे अनुसारका सबै ५८ वटा वेवसाइट डाउन नभए पनि केही वेवसाइटमा समस्या अाइसकेकाे छ । ह्याकरहरुको फेसबुक पेजमा यसअघि बंगलादेशका वेवसाइटहरु पनि आफूहरुले ह्याक गरेको दाबी गरेका छन् ।

ह्याकरहरुले सरकारका निम्न वेवसाइटमा अाक्रमण गरेकाे दावी गरेका छन्

http://dppr.gov.np/

http://www.mod.gov.np/

http://www.fhd.gov.np/

http://doind.gov.np/

http://dof.gov.np/

http://dpr.gov.np/

http://fhd.gov.np/

http://forensic.gov.np/

http://www.lawcommission.gov.np/

http://mowss.gov.np/

http://nvc.gov.np/

http://www.fhd.gov.np/

http://www.doind.gov.np/

http://www.dmli.gov.np/

http://www.nitc.gov.np/

http://www.oagnep.gov.np/

Loading...