नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट खतरानाक ह्याकरले गरे ह्याक

काठमाडौं, ९ साउन । नेपाल सरकार रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक भएकाे छ । नेपाल सरकारकाे महत्वपूर्ण मन्त्रालयकै वेवसाइट ह्याक भएपछि नेपालमा वेव सेक्युरिटीकाे समस्या झन बढेकाे छ ।

रक्षा मन्त्रालयको http://mod.gov.np/ वेभसाइट ह्याकरले ह्याक गरेका हुन् । उक्त वेवसाइट खोल्दा नियमित वेभसाइटको साटो ह्याकरको सन्देश र गीत सुन्न सकिन्छ ।

ह्याकरले रक्षा मन्त्रालयकाे वेवसाइट ह्याक गरी अाफ्नाे सन्देश राखेका छन् । उक्त सन्देशमा ह्याकरले आफूलाई प्याडक्स साइबर घोस्ट भनेर चिनाएका छन् । साथै ह्याकरले ‘सुरक्षा भ्रम मात्र हो, हामी अजय छौँ’ भन्ने सन्देश पनि राखेका छन् ।

यसअघि पनि नेपालमा बेलाबेला सरकारी तथा मन्त्रालयका वेभसाइटहरु ह्याक हुन गरेका छन् ।

Loading...