साउनमा उर्लेको भेरी नदीमा फसेका युवकलार्इ प्रहरीले गर्यो उद्धार

डोल्पा, ९ साउन । डोल्पाको सदरमुकाम दुनैमा भेरी नदिमा फसेका एक यूवकको प्रहरीले सकुशल उद्धार गरेको छ । उदयपुर जिल्ला सिस्पुर वडा नम्बर ९ स्थायी घर भइ हाल डोल्पाको दुनैमा बस्दै आएका बर्ष २० का पबिन मगरको प्रहरीले सकुशल उद्धार गरेकाे हाे ।

भेरी नदीले बगाएर ल्याएकाे काठ उतारेर बेच्नका लागि पविन मगर नदीमा पसेका थिए । तर, नदीकाे बहाव निकै कडा भएपछि उनी नदीकाे बीचमा पुगे तर फर्कन सकेनन् । त्यसपछि उनले कराएर अाफ्नाे उद्धार गर्न गुहार मागेका थिए ।

आइतबार बेलुकी ६ बजे पछि सदरमुकाम दुनैको होटेल मरमर गार्डेनको नजिकैबाट उनी नदीकाे बीच टापुमा गएका थिए ।

प्रहरीले उद्धार गरेपछि उनले भने ‘काम गरेर पैसा कमाउन डोल्पा आएको हुँ । भेरीमा भएको काठ निकालेर पैसाको लोभमा गएँ तर फर्कन सकिन त्यस पछि साथिहरुलाइ बचाउ-बचाउ भन्दै कराएँ । प्रहरीले मेरो उद्दार गर्यो ।’

पविन नदीमा फसेपछि अरु प्रत्यक्षदर्शीले तत्काल प्रहरीलार्इ खबर गरेका थिए । खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट लाइफ ज्याकेट र अन्य उद्धारका समाग्रिहरु लिएर एक टाेली उद्धारमा लागेकाे थियाे ।

जिल्ला प्रहरि कार्यालयका प्रहिर नायव उपरिक्षक समित खड्काले निकै कठिनाइका साथ भेरी नदीकाे बीच टापुमा पुगेर पविनलार्इ तत्काल उद्धार गरेकाे बताए । उनलार्इ तत्काल उद्धार नगरेकाे पानी परिरहेका कारण बढिरहेकाे नदीकाे भेलले उनलार्इ बगाउन सक्ने अवस्था थियाे । 

Loading...