राष्ट्रपति सीलाई नभेटि स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन विमानस्थलमा यसो भने

काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उत्तर छिमेकी चीन भ्रमण सकेर बुधबार स्वदेश फर्केका छन् ।

च्याङसु प्रान्तको नान्चिङमा आयोजित अन्तर्राष्ट्रिय शान्ति दिवस कार्यक्रममा सहभागी हुने सिलसिलामा प्रचण्ड पत्नि सीता र छोरी गंगासहित गत ३० भदौमा चीन उडेका थिए ।

स्वदेश फर्केपछि त्रिभुव विनस्थलमा सञ्चारर्कीसँग प्रचण्डले भ्रमण दुई मुलुक तथा नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनष्ट पार्टीबीच सम्बन्ध सुधारमा केन्द्रित रहेको बताए । भ्रमणले चीन र नेपाल तथा दुई पार्टीबीचको सम्बन्धमा नयाँ आयाम थपेको उनको भनाइ थियो ।

प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अर्का अध्यक्ष केपी ओलीको केही समयअघ भएको भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनबारे चिनियाँ उपराष्ट्रपतिसहित नेताहरुसँग आफूले वार्ता गरेको जानकारी दिए ।

सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले आफ्नो भ्रमण तालिकामा चिनियाँ राष्ट्रपति सी जिनपिङ भेट्ने कार्यक्रम पहिल्यै नरहेको स्पष्ट गरे । ‘राष्ट्रपति सीसँग भेट्ने कार्यक्रम सेड्युलमै थिएन’, उनले भने, ‘उपराष्ट्रपतिसँग दुईपटक एक्लाएक्कै र एकपटक सामूहिक रुपमा भेट भयो ।’

प्रचण्डले उपराष्ट्रपति वाङ क्वी सानसहित मन्त्रीहरुसँग द्विपक्षीय हितका विधिव विषयमा कुरा भएको जनाए । अर्को एक प्रसंगमा उनले चीनको थ्री गर्जेज कम्पनीले पश्चिम सेती जलविद्युत आयोजनाबाट हात झिक्नुमा नेपालको भूमिका नरहेको दाबी गरे ।

Loading...