काठमाडौ महानगरमा बेथिती नै बेथिती, उपहार, जलपान र भ्रमण शीर्षकमै करोडौ खर्च

काठमाडौं, १८ साउन । स्थानीय निकायमा बेथिति माैलाउदै गएकाे छ । स्थानीय निकायले कुनै अाधार विना नै अाफ्नाे मनपरी तरिकाले वजेेट विनियाेजन गर्ने र खर्च गर्ने गर्न थालेका छन् । अहिले स्थानीय निकायले अाफ्नाे वजेट विनियाेजनका क्रममा राखेका शीर्षक हेर्ने हाे भने सबै चकित पर्छन । जलपान, उपहार खरिद, भ्रमण जस्ता शीर्षकमा कराेडाै रकम यी निकायले विनियाेजन गरेका छन् । यसलार्इ देखेर सामाजिक सञ्जालमा स्थानीय निकाय विस्तारै माेजमस्ती निकायमा परिणत हुन्छन कि भन्ने व्यापक अालाेचना भएकाे छ ।

यसैक्रममा केही समय पहिले वडा अध्यक्ष र सदस्यहरुलार्इ समेत एक लाख बढीकाे माेवाइल खरिद गर्न तम्सेर अालाेचित भएकाे काठमाडौं महानगरपालिकाले यसपटक विदेशी र स्वदेशी पाहुनाका लागि उपहार किन्न चालु आर्थिक वर्षमा ७५ लाख रुपिया विनीयोजन गरेको छ । त्यतिमात्र हाेइन महानगरले जलपानकै शीर्षकमा डेढ कराेड रकम विनियाेजन गरेकाे छ ।

कामनपाले स्वागत तथा अतिथि सत्कारमा २ करोड २५ लाख, अतिथि सत्कार तथा जलपानमा १ करोड ५० लाख, पुजामा ८ लाख, विविधमा ३ करोड रुपियाँ विनियोजन गरेको छ । यस्तै मशलन्द र छपाईमा २ करोड २५ लाख, जनशक्ती तालिममा २ करोड, बैठक तथा समिति भत्तामा १ करोड ५३ लाख, बैठक तथा समिति खर्च तर्फ ३५ लाख, परामर्श शुल्क तर्फ ३० लाख, भ्रमण र दैनिक भत्तातर्फ १ करोड ६० हजार रुपियाँ विनियोजन गरिएको छ । जनप्रतिनिधिले स्थानीय निकाय संचालन गरेपछि यो वर्ष अधिकांस शिर्षकमा रकम बढाइएको हो ।

कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत (सचिव), अन्य जनप्रतिनिधिहरू विदेश भ्रमण जाँदा र विदेशी पाहुना नेपाल आउँदा किन्नुपर्ने उपहारका लागि उक्त रकम विनीयोजन गरिएको जानकारी दिएका छन् । विदेशी राष्ट्रध्यक्ष, प्रधानमन्त्री, मन्त्री, उच्च ओहदाका प्रतिनिधि, कुटनितिक नियोगका प्रतिनिधि लगायतका पाहुनालाई उपहार दिने प्रचलन रहेको उनकाे प्रवक्ता कार्कीकाे दावी छ ।

Loading...