मेसीको प्रतिरक्षामा उत्रिए म्यारोडोना

काठमाडाैं । रसिया विश्वकपमा पनि निकै चर्चामा रहेका अर्जेन्टिनाका कप्तान लियाेनल मेसीले पेनाल्टी मिस गरेसँगै उनकाे अालाेचना निकै बढेकाे छ । संसारभरका अर्जेन्टिनी फ्यानहरुले अालाेचना गरिरहँदा अर्जेन्टिनाका महान खेलाडी डिएगाे म्याराेडाेना भने मेसीकाे प्रतिरक्षामा उत्रिएका छन् । म्याराेडाेनाले अाइसल्याण्डसँगकाे खेलमा मेसीका कारण अर्जेन्टिनाले जित्न नसकेकाे कुरा सरासर गलत भएकाे बताएका छन् । मेसीले अाफ्ना तर्फबाट सबै कुरा दिएकाे तर त्यति गर्दा पनि अाइसल्याण्डकाे रक्षापङ्क्ति साँच्चिकै राम्राे रहेकाे बताए ।

म्याराेडाेनाले अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पाओलीलाई अब आउने खेलहरुमा खेल सुधार गर्न भने सुझाब दिएका छन् । उनले अब पनि साम्पाअाेलीले अर्जेन्टिनालाई आइसल्याण्डसँग खेलेको जस्तो अवस्थामा ल्याएमा त्यसले खराब नतिजा अाउनसक्ने भन्दै त्यसमा सुधार गर्न चेतावनी दिएका छन् ।

समूह डी अन्तर्गत शनिबार राति भएको खेलमा अर्जेन्टिना नयाँ टोली आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको थियो । जसमा कप्तान मेसीले पेेनाल्टी मिस गरेका थिए । अर्जेन्टिनाले खेलमा सर्जियो अग्युरोको गोबलाट अग्रता लिएको थियो । तर केही मिनेटपछि अल्फ्रेड फिन्बोगासनले आइसल्याण्डका लागि बराबरी गोल फर्काएर बराबरी बनाएका थिए । याे खेल म्याराेडाेनाले रङ्गशालामै बसेर हेरेका थिए । म्याराेडाेना सन् २०१० मा दक्षिण अफ्रिकामा भएकाे विश्वकपका बेला राष्ट्रिय टिमका प्रशिक्षक थिए । जसमा अर्जेन्टिना क्वार्टरफानलमा पुगेकाे थियाे । म्याराेडाेले अर्जेन्टिनालार्इ सन् १९८६ मा विश्वकप जिताएका थिए ।

खेलपछि भेनेजुयलाकाे एक टेलिभिजनसँगकाे कुराकानीमा म्याराडोनाले भने, ‘म खेलाडीलाई दोष लगाउँदिन । हो कामको स्तरमा केही कमजोरी भयो । तर खेलाडीलाई दोष दिने ठाउँ छैन । मेस्सीको कुरा गर्दा उनले आफूसँग भएको सबै त्यो खेलमा दिएका थिए ।’

‘मैले पाँचपटक पेनाल्टीमा गोल गर्न सकेको थिइनँ स्पेनमा हुँदा तर पनि म अहिलेसम्म नै डिएगो म्याराडोना नै छु । मलाई लाग्दैन मेस्सीले पेनाल्टीमा गोल गर्न नसकेकै कारण अर्जेन्टिनाले दुई अंक गुमायो भन्ने ।’ उनले थपे, ‘मैले उनीहरुको मनमा आक्रोशको भावना रहेको महसुस गरेँ ।’

आइसल्याण्डका सबै खेलाडी १.९० मिटर अग्ला छन् भन्ने थाहा हुँदाहुँदै पनि त्यस अनुसार तयारी नगर्नु कमजारी भएकाे म्याराेडाेनाकाे टिप्पणी छ । खेलमा मेसीले ६३ औँ मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् । त्यस्तै मेस्सीले निकै संगठित देखिएको आइसल्याण्डको रक्षापंक्तिलाई तोड्न सकेनन् । अर्जेन्टिनाले आफ्नो दोस्रो खेलमा आउँदो जुन २१ म क्रोएसियासँग खेल्नेछ ।

Loading...