नेकपा प्रवक्ता प्रकाण्डको घरमा पक्राउ पुर्जी टाँस्न गएका सरकारी कर्मचारीहरू गााँउबाट लखेटिए

काठमाडौं, १५ चैत ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को घरमा वारेन्ट टाँस्न गएका सरकारी कर्मचारीहरू लखेटिएका छन् ।

कालिकोट जिल्कोजा माल्कोट–४ स्थित प्रवक्ता प्रकाण्डको घरमा बिहिबार दिउँसो २ बजेतिर भोजपुर जिल्ला अदालतको आदेशपत्र बोकेर ईलाका प्रहरी कार्यालय कुमाल गाउँबाट प्रहरीको एक टोली पुगेको थियो ।

सरकारी कर्मचारीसहित पुगेको टोलीले घरमा पुगेर प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँस्न खोज्दादेखि नै घरपरिवार र स्थानीयसँग विवाद भएको थियो । अन्तिमसम्मा प्रहरीले जबर्जस्त गरेको भन्दै स्थानीय र घरपरिवारले प्रतिवाद गरेपछि पूर्जी नटाँसिकनै टोली फिर्ता भएको छ । विवाद झण्डै डेढ घण्टा चलेको बताइएको छ ।
 
परिवार स्रोतले दिएको जानकारी अनुसार टोली भोजपुर जिल्ला अदालतबाट गत पौष महिनामा भएको आदेशबमोजिम पक्राउ पूर्जी टाँस्न प्रहरीको टोली आएको हो । एकीकृत जनक्रान्तिको नीतिअनुरुप प्रतिवाद गरिएको प्रतिवादमा सहभागीहरुले बताएका छन् ।
 
ओली सरकारले नेकपाका कार्यकर्तादेखि उच्च नेतहरुलाई निगरानीमा राख्ने र गिरफ्तार गर्ने कार्यलाई निरन्तर दिँदै आइरहेको छ । अझ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेकपाका गतिविधि र शक्तिबारे सुरक्षा निकायसँग तीन दिने रिपोर्ट माग गरेको केही दिन नबित्दै पूर्वमन्त्री समेत रहेका प्रकाण्डविरुद्ध पक्राउ पूर्जी टाँसको प्रयास भएको छ ।

यसअघि बादल गृहमन्त्री बनेलगत्तै महासचिव विप्लवबिरुद्ध पक्राउ पुर्जी जारी भएको भन्दै केहि माओवादी नेताहरुले समेत सरकारको त्यो कदमको चर्को बिरोध गरेका थिए भने सामाजिक सञ्जालसहित जताततै ब्यापक बिरोध भएको थियो । ओली सरकारले विप्लवबिरुद्ध पक्राउ पुर्जी जारी गरेपछि त्यसकाे बिराेधमा कपिलवस्तुबासीहरु सडकमै ओर्लिएका थिए ।

उता प्रहरीले गत चैत ५ गते नेकपाका कोशी ब्यूरो इन्चार्ज किरण राईलगाए थ्रुपै नेताहरुलाई गरिफ्तार गरी हिरासतमा राखेको छ । यसैबीच मंगलबारमात्रै नेकपा केन्द्रीय जनादलतले प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डको नाममा  १५ दिने वारेन्ट जारी गरेकाे छ । ओली र प्रचण्डबिरुद्ध जनअदालतमा मुद्दा परेको भन्दै छलफल गर्नुपर्ने थप बुझ्न पर्ने भएकोले १५ दिनभित्र रोल्पा आफै हाजिर हुन वारेन्ट पत्रमा भनिएको छ ।

पत्र पाएको वा सार्वजनिक स्थानमा सूचना टाँस भएको १५ दिनभित्र अनिवार्य पुग्न ताकेता गरिएको  छ ।  मंगलबार जारी गरिएको उक्त  पत्र बुधबार पचण्डकाे खुमलटारस्थित निवास र चितवनस्थित घर तथा उनको सम्पर्क कार्यालयमा समेत टासिएको छ । भने प्रधानमन्त्रीकाे भक्तपुरस्थित निजी निवास र सुकेधारास्थित पार्टी कार्यालयमा टाँसिएकाे छ ।

घटनाबारे थप बिबरण आउदै छ । फाइल तस्वीर

यो पनि पढ्नुहोस् है 

ओलीबिरुद्ध वारेन्ट जारी भएको केहि घण्टामै प्रचण्डबिरुद्ध पक्राउ पुर्जी (मुद्दाको पूर्णपाठसहित)

प्रधानमन्त्री अाेलीका नाममा वारेन्ट जारी, हेर्नुहोस् यस्तो छ मुद्दा ! पत्रसहित

प्रधानमन्त्री ओली र प्रचण्डबिरुद्ध पनि पक्राउ पुर्जी जारी हुने, यस्तो छ जनअदालतको तयारी !

महासचिव विप्लवबिरुद्ध जारी गरिएको पक्राउ पुर्जी नेकपाद्वारा ठाडै खारेज, आयो यस्तो कडा विज्ञप्ति

देशलाई युद्धमा धकेल्न खोज्दै सरकार, गृहले नेकपासँग सुरू गर्दै लडाईं (प्रमाणसहित)

 

 

Loading...