२९ स्थानमा सिसी टिभी क्यामेरा

बनेपा, ३१ असार । व्यापारिक केन्द्र मानिएको बनेपाका विभिन्न २९ स्थानमा सिसी टिभी क्यामेरा राखिएको छ ।

उद्योग वाणिज्य सङ्घको पहलमा काभ्रेपलाञ्चोक क्षेत्र नं ३ का सांसद कञ्चनचन्द्र वादेले संसदीय विकास कोषमार्फत रु सात लाख र अन्य विभिन्न बैंक, वित्तीय संस्था, फाइनान्स र सहकारीमार्फत उठाइने रकमबाट सिसी टिभी क्यामेरा जडान भएको उद्योग वाणिज्य सङ्घका मुख्य संयोजक शान्तिरत्न शाक्यले जानकारी दिनुभयो ।

तत्काल उद्योग वाणिज्य सङ्घको कोषबाट रु ३६ लाख ९७ हजार खर्च भएको र २६५ स्थानमा सोलार बत्तीसमेत जडान गरिएको उनले बताए । व्यवसायीमार्फत अहिलेसम्म छ लाख संकलन भएको छ ।

बनेपाको चारदोबाटो, तीनदोबाटो, करुणामार्ग, चण्डेश्वरीमार्ग, चाँदनीचोक, मिडियाचोक, बसपार्क, बुडोललगायत स्थानमा सिसी टिभी क्यामेरा जडान गरिएको छ । इलाका प्रहरी कार्यालय, बनेपास्थित कन्ट्रोल रुमबाट दुई प्रहरीले निगरानी गर्ने छ ।

“सवारी दुर्घटना र अपराध अनुसन्धानमा यसको प्रभाव आउँछ भन्ने विश्वास छ,” प्रहरी निरीक्षक अनिल घिमिरेले भने ।

Loading...