साहित्यकार एवं सञ्चारकर्मी आशुतोषलाई मातृशोक

भक्तपुर । साहित्यकार एवं सञ्चारकर्मी रामगोपाल आशुतोषलाई मातृशोक परेको छ । उनको आमा तुईनानी किसिजूको मंगलबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुर नगर निवासी किसिजू लामो समयदेखि बोनम्यारो सम्बन्धि समस्याले ग्रसित थिइन् । पछिल्लो समय उनमा रक्त क्यान्सर देखिएको थियो । मंगलबार उपचारको क्रममा भक्तपुर अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको […]

भक्तपुरव्यापी व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधारभूत तहतर्फ एभरेस्ट ईङ्गलिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट ईङ्गलिस स्कुलका इच्छा बल्ल तृतीय भएका छन् । हिमालयन ग्लोरी […]

चार वर्षमा बदलिँदो मध्यपुर थिमि : राजस्व वृद्धि, पूर्वाधार विस्तार र सेवा सुधार

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले पछिल्लो चार वर्षमा करको दर नबढाई आन्तरिक राजस्व ९३.३९ प्रतिशतले वृद्धि गर्नुका साथै सडक, ढल, पुल, सार्वजनिक भवन, शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र पर्यटनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको दाबी गरेको छ। क्रियाशील पत्रकार मञ्च भक्तपुरले शुक्रबार आयोजना गरेको ‘मध्यपुर थिमि नगरपालिकाको चार वर्षे विकास र उपलब्धि’ विषयक अन्तरक्रिया कार्यक्रममा […]

हास्यव्यंग्य साहित्यकार रामशेखरका ९ नाटक प्रदर्शनी सम्पन्न

सत्यराम कासिछ्वा, भक्तपुर । नाट्यकर्मी समाजको आयोजनामा गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा मंगलबार सम्पन्न भएको छ । उक्त एघार दिने ख्याल: ब्वज्या: मा नेपालभाषाका हास्यव्यङ्ग्य साहित्यकार, कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित ९ ख्याल:हरु नेपालभाषामा प्रदर्शन गरेको थियो । भने “तन्त्र टाब्लेट” नामक ख्याल: नेपालभाषा […]

अनेसास नेपाल च्याप्टरले मनायो २१३औँ भानु जयन्ती

काठमाडौं। नेपाली भाषा र साहित्यका आदिप्रेरणा, आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको पावन अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले एक गरिमामय साहित्यिक समारोह आयोजना गरी भानुको अविस्मरणीय योगदानप्रति श्रद्धाञ्जलि अर्पण गरेको छ। पुतलीसडकस्थित अनेसास नेपाल च्याप्टरको सचिवालयमा सम्पन्न कार्यक्रममा भानुभक्तको जीवन, व्यक्तित्व र कृतित्वमाथि गहन विमर्श, कविता वाचन तथा स्रष्टा सम्मान जस्ता विविध साहित्यिक आयामहरू समेटिएका थिए। […]

चिनियाँ भाषामा बिजुक्छेँकाे चिठी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को चर्चित कृति ‘जेलका चिठीहरू’ को चिनियाँ भाषामा अनुवाद गरिएको संस्करण सार्वजनिक गरिएको छ। बाल विकास इङ्लिस सेकेन्डरी स्कूलले आयोजना गरेको विशेष समारोहमा अध्यक्ष बिजुक्छेँले पुस्तकको विमोचन गरे। विमोचनपछि बोल्दै अध्यक्ष बिजुक्छेँले पुस्तकको चिनियाँ अनुवादले चिनियाँ पाठकलाई नेपालका कला, संस्कृति, समाज र तत्कालीन जनजीवनलाई नजिकबाट […]

आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता-२०८२- उत्कृष्ट २५ को नतिजा सार्वजनिक

२०८३ असार २५, काठमाडौं । साहित्यिक पत्रकार संघले दोस्रो विश्वव्यापी खुल्ला “आरुष-टाइगर अन्तर्राष्ट्रिय कविता प्रतियोगिता -२०८२” का लागि प्राप्त ३०० भन्दा बढी कवितामध्येबाट  उत्कृष्ट २५ को परिणाम सार्वजनिक गरेको छ । सो प्रतियोगितामा उत्कृष्ट २५ कवितामा क्रमशः १.जागौँ वीर युवा, विपेन आदिमा, २. जेनजीबहादुर, सुनिता अधिकारी, ३. कवितामा देश, तुलसी घिमिरे, ४. प्रेमका परम गणितहरू, […]

पार्वती भट्टको ‘शीतको समुद्र’ भव्य रूपमा लोकार्पित

शुक्रवार, शब्दका शीतल तरङ्गहरूमा संवेदना, अनुभूति र जीवनदर्शनलाई मुक्तकका सुन्दर मोतीमा उनेर तयार गरिएको मुक्तककार पार्वती भट्टको दोस्रो कृति “शीतको समुद्र” काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा एक गरिमामय साहित्यिक समारोहबीच लोकार्पण गरिएको छ। साहित्यिक पत्रकार संघ (Literary Journalist Association) को आयोजनामा सम्पन्न उक्त समारोह- संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्व तथा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको […]

सापसले मनायो असारे १५

साहित्यिक पत्रकार संघको आयोजनामा आज राष्ट्रिय धान दिवस एवम् दही चिउरा खाने दिनको अवसर पारेर शुभकामना आदानप्रदान गरिएको खबर छ। ‘जलवायुमैत्री प्रविधि: धानमा आत्मनिर्भरता र समृद्धि’को नारा लेखिएको ब्यानरमा सम्पन्न कार्यक्रम अनौपचारिक रहे पनि केही औपचारिकता पनि कायम राखिएको थियो। साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित सबैजना प्रमुख आमन्त्रित व्यक्तित्वका रूपमा […]

सिमाना रोइरहेको बेला

सिमाना रोइरहेको बेला यो देश, नक्सामा कोरिएको हरियो रेखा मात्र होइन, यो त शहीदका छाती चिरेर निकालिएको एउटा जीवित मुटु हो, जसको प्रत्येक धड्कनमा सगरमाथाको गर्जन, सीमा–नदीहरूको वेदना, र पुर्खाका अस्थीबाट उम्रिएको   अविनाशी प्रतिज्ञा बाँचिरहेको छ । तर आज, भूखण्डका भोका गिद्धहरू हाम्रै उदासीनताको शवमाथि बसेर माटोका मासु चिथोरिरहेका छन् । राष्ट्रदेहमा फलामे नङ्ग्रा गाडिएका […]