हेर्नुस् बडादशैंसँग सम्बन्धित साइतहरू

२०७७ सालको बडादशैं नजिकिएसंगै नेपाल पन्चाङ्ग निर्णायक समितिले साइतहरुबारे निर्णय लिएको छ । समिति पदाधिकारीहरुको बैठकले साइतबारे आधिकारिक निर्णय लिएको हो ।

नेपाल पन्चाङ्ग निर्णायक समिति श्रोतका अनुसार यो साल बडादशैंको टीका लगाउने साइत कार्तिक १० गते सोमवार, बिहान १० बजेर १९ मिनेट जाँदा शुभ साइत रहेको छ । श्रीतुलजाभवानी यात्रा बिहान ८:४७ बजे,स्थिरासन बिहान ९:४९बजे, खड्गयात्रा र देवी विर्सजन बिहान १०:११ बजे गर्न समितिले साइत तोकेको छ ।

कार्तिक १ गते, शनिवार – नवरात्रारम्भसंगै शुरु हुने बडादशैं १४गते, शुक्रवार– कोजाग्रत पूर्णीमासंगै समाप्त हुनेछ ।

हेर्नुस् २०७७ सालको बडादशैंसँग सम्बन्धित साइतहरू –
१) वि.सं. २०७७ कार्तिक १ गते, शनिवार – नवरात्रारम्भ, घटस्थापना बिहान ११।४६ बजे ।
२) वि.सं. २०७७ कार्तिक २ गते,आइतवार– झण्डा फेर्ने, बिहान १०।५३ बजे । (पश्चिम मोहडा)
३) वि.सं. २०७७ कार्तिक ५ गते, बुधवार – श्रीपचलीभैरवयात्रा ।
४) वि.सं. २०७७ कार्तिक ७ गते, शुक्रवार – फूलपाती, श्रीतुलजाभवानी यात्रा, बिहान ८।५६ बजे ।
स्थिरासन बिहान १०।१४ बजे ।
५) वि.संं. २०७७ कार्तिक ८ गते, शनिवार – महाअष्टमी, कालरात्रि ।
६) वि.सं. २०७७ कार्तिक ९ गते, आइतवार– महानवमी
७) वि.सं. २०७७ कार्तिक १० गत,े सोमवार विजया दशमी, देवी विर्सजन बिहान १०।११ बजे ।
टीका – बिहान १०।१९ बजे ।
श्रीतुलजाभवानी यात्रा बिहान ८।४७ बजे ।
स्थिरासन बिहान ९।४९बजे, खड्गयात्रा ।
८) वि.सं. २०७५ कार्तिक १४ गते, शुक्रवार– अखिलबलिपूर्ति
९) वि.सं. २०७५ कार्तिक १४गते, शुक्रवार– कोजाग्रत व्रत

Loading...